सार्वजनिक विदाका दिन पनि खुले हुम्लाका विद्यालय ।।

लामो शिक्षक आन्दोलनका कारण विद्यालयलाई घाटा लागेको भन्दै हुम्लाका विद्यालयहरु सार्वजनिक विदाको दिन पनि खुलेका छन् । शनिवार बाहेक अन्य सबै सार्वजनिक विदामा खुला गर्ने शिक्षक महासंघको निर्णय अनुसार विद्यालय खुला गर्ने सहमति भएको दिन देखी पछिका सबै सार्बजनिक विद्यालय खुला गरेको शिक्षक महासंघ हुम्ला उपाध्यक्ष मेजबहादुर बुढाले बताउनु भयो ।

उहाँका अनुसार करिब २३ दिन विद्यार्थीहरुलाई घाटा लागेको शुक्रबार पुरै दिन र सबै सार्बजनीक बिदामा पनि विद्यालय खोल्ने शिक्षक महासंघको निर्णय अनुसार जिल्लाभरका सबै विद्यालयहरु खुला भैरहेको बताउनु भयो ।

जिल्लाको तल्लो क्षेत्र अदानचुली ताँजाकोट लगायत सबै स्थानीय तहमा भएका संस्थागत तथा सामुदायिक विद्यालय आज बुद्धजयन्तीको अबसमा सार्वजनिक विदा भएपनि अध्ययन भैरहेको सुर्योदय माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकध्वज खत्रीले बताउनु भयो ।

ताँजाकोट गाउँपालिकाका शिक्षा युवा शाँखा प्रमुख जयरुद्र ढकालले पनि गाउँपालिकाभर सर्कुलर जारी गरी सार्वजनिक विदाको दिन पनि खोल्ने र बाँकी रहेका ९ दिन हिउँदे विदा अर्थात मिनपचासको समयमा पुर्ति गर्ने गरी अध्ययन भैरहेको बताउनु भएको छ भने अदानचुली गाउँपालिका भित्रका पनि सबै सामुदायिक विद्यालयहरुमा अध्ययन भैरहेको विद्यालयका प्रधानाध्यापकहरुले खबर पठाउनु भएको छ ।