ताँजाकोट गाउँपालिकाले आगामि वर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सुझाव उपलब्ध गराउने आवहान गरेको छ ।
वस्ती र टोल स्तरबाट छलफल गरी आगामि आर्थिक वर्षको बजेट निति तथा कार्यक्रम निर्माणको अन्तीम चरणमा पुगेको र निर्धारित समयमै बजेट ल्याउनको लागि आजको मितिले ७ दिन भित्र सुझाबहरु पठाउन वा स्वयम् आफै उपस्थित भएर पनि उपलब्ध गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनु भएको छ ।
आम गाउँपालिकावासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुका सोच लक्ष्य उदेश्य आवश्कता र चाहनाहरु समेत लाई विशेष प्राथामिकतामा राखी समतामुलक र समूद्ध गाँउपालिकाका पहिचान सहितको हाम्रो ताँजाकोटको संकल्प पुरा गर्दै सुखी नेपाली र समूद्ध नेपालको आकांक्षा पुरा गर्ने गरी आगामी आ.व. को वार्षिक नीति बजेट तथा कार्यक्रम तर्जुमा गर्न राय सुझाव र सल्लाह गाउँपालिकाको इमेल मार्फत वा गाउँपालिकामा स्वंय उपस्थित भएर पनि उपलब्ध अनुरोध गरीएको गाउँपालिकाका सुचना अधिकारी बिशाल ढकालले बताउनु भएको छ ।