शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्नः प्रथम हुँने धर्मोदयलाई एक लाख नगद पुरस्कार


 हुम्लाको ताँजाकोट गाउँपालिकाले सञ्चालन गरेको शैक्षिक गुणस्तर सुधारका उद्देश्य सहित ‘गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह’ कार्यक्रम आज सम्पन्न भएको छ । १२ गतेबाट शुरु भएको शैक्षिक सप्ताहमा सम्पुर्ण प्रतियोगिताको मुल्यांकनको आधारमा ६५ दशमलब ८७ प्रतिशत अंक सहित धर्मोदय माध्यामिक विद्यालय प्रथम भएको शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख जयरुद्र ढकाले बताउनु भयो । उहाँका अनुसार प्रथम हुँनेधर्मोदय माध्यामिक विद्यालयलाई गाउँपालिकाले एक लाख नगद सहित प्रमाण पत्र प्रदान गरिएको बताउनु भयो ।

यसै गरी ४६ दशमलब ४३ प्रतिशत अंक ल्याएर जनक आधारभुत विद्यालय द्धितिय भएको छ उक्त विद्यालयलाई ७५ हजार नगद सहित साहै अनुसारको प्रमाण पत्र प्रदान गरिएको छ । तृतिय हुँनेमा ३८ दशमलब ७८ अंक सहित चन्द्रप्रकास माध्यामिक विद्यालय र ३६ दशमलब ९६ अंक सहित मदनादेब माध्यामिक विद्यालय चौथो स्थानमा हासिल गरेको र उनिहरुलाई क्रमसः पचास हजार, २५ हजार पुरस्कार प्रदान गरिएको बताउनु भयो ।

एक सप्ता सम्म संचालन भएका विभिन्न प्रतियोगितामा हाजिरी जवाफ, चित्रकला, गणितीय दौड, अनुलेखन, हस्तलेखन, हिज्जे, श्रुतिलेखन, कबिता प्रतियोगिता, वक्तृत्वकला, नृत्य, गायन, विज्ञान प्रदर्शनी, कम्प्युटर सीप परीक्षण लगायतका गतिविधिहरू गरी ५५ वटा प्रतियोगितामा प्रतिस्प्रधा गराइएको बताउनु भयो ।

यो सँगै ताँजाकोट गाउँपालिकाले गत २०८१ मा कक्षा ५ देखी ९ सम्म र कक्षा १० को टेष्ट परिक्षामा गाउँपालिका भरी प्रथम, द्धितिय र तृतिय हुँने विद्यालर्थीलाई क्रमसः ५ हजार, ३ हजार र २ हजार दगन पुरस्कार प्रदान गरीएको छ । उक्त परिक्षामा सबै विद्यार्थीहरुको औषत शिकाई उपलब्धीका आधारमा कक्षा ५ मा प्रथम हुँने जनक आधारभुत विद्यालय, आधारभुत तह कक्षा ६ देखी ८ सम्मको प्रथम हुँने धर्मोदय माबी र माध्यामिक तह कक्ष ९ र १० को प्रथम हुँने मदनदेब माबीलाई नगद रु. ३०।३० हजारका दरले पुरस्कृत गरीएको बताउनु भयो ।

तिनै तहका विद्यालयका विद्यार्थीहरूलाई समावेशी सहभागिता सुनिश्चित गर्न प्रत्येक प्रतिस्पर्धात्मक विधामा कम्तीमा एक जना छात्रा सहभागिता अनिवार्य गरिएको छ । साथै, कार्यक्रमको अर्को उद्देश्य विद्यालयमा जलवायु परिवर्तनका प्रभावहरू घटाउन वातावरणमैत्री अभ्यासहरूको अवलोकन र प्रोत्साहन गर्नु पनि रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताउनु भयो ।

कार्यक्रमले विद्यार्थीहरूलाई ज्ञानमूलक प्रतिस्पर्धा, सांस्कृतिक प्रस्तुतिहरू र वैज्ञानिक सोचतर्फ उन्मुख गराउँदै ताँजाकोट गाउँपालिकाको शैक्षिक वातावरणलाई अझ सशक्त बनाउने अपेक्षा गरिएकोले ताँजाकोट गाउँपालिका स्तरीय शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रमले विद्यालयबीच सकारात्मक प्रतिस्पर्धा उत्पन्न भई शैक्षिक सुधारमा टेवा पुग्न सक्ने गाउँपालिका अध्यक्ष जैसीले बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     १९ कार्तिक २०८२, मंगलवार १७:३६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *