लोक तथा दोहोरी गित प्रतिष्ठानले देशैभर एकैसाथ जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
पछिल्लो समय कलाकारीताको माध्यमबाट देश तथा विदेशमा चिनाउनको लागि विभिन्न कलालकारहरुले खेलेको भुमिकाको सम्मान गर्दै हुम्लामा पनि लोक तथा दोहोरी गित प्रतिष्ठानको जिल्ला कार्यसमिति गठन गरीएको छ । उक्त प्रतिस्ठानको हुम्ला जिल्ला कार्यसमितिको अध्यक्षमा सिमकोट गाउँपालिकाकी धना बुढा अध्यक्षमा सर्बसम्मत चयन भएकी नबगठिन कार्यसमितिका सचिब युवराज भण्डारीले खबर पठाउनु भएको छ ।
उहाँका अनुसार उपाध्यक्षमा रितेश शाही र लक्ष्मण फडेरा चयन भएका छन् । सचिबमा युवराज भण्डारी, सहसचिबमा राजेन्द्र परियार, कोषध्यक्षमा हिरकला विसी र सहकोषध्यक्षमा धनजय विसी चएन भएको बताउनु भएको छ । पछिल्लो समय कला र गलाको माध्ययमबाट हुम्ला र हुम्लीसँगै हुम्लाको पहिचान दिन सफल कलाकारहरुलाई यस कार्यसमितिको कार्यसमितिमा चयन गरीएको कलाकारहरुले बताएका छन् ।
उक्त प्रतिस्ठानको हुम्ला जिल्ला कार्यसमिति धना बुढाको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्य समिति गठन गरीएको बताउनु भएको छ । यसै गरी पुर्व पदाधिकारीहरुलाई उच्च सम्मान गर्दै सँरक्षकको रुपमा मनोनित गरिएको छ । जसमा नवराज भण्डारी, अर्जुन भण्डारी, हेमन्त रावत , मान बहादुर रावत, नारायण फडेरा, अनिल रोकाया, रेखा बोहरा र रुपा भण्डारी रहेका छन् । पुराना सल्लाहकारहरुलाई पनि यथावत राख्दै सम्पुर्ण बुद्धिजीवी अग्रज कलाकारहरुलाई विशेष सल्लाहका राख्ने निर्णय गरिएको बताउनु भएको छ ।
यस्तै सदस्यहरुमा अहिलेका चर्चित कलाकारहरु उमेश बुढा, विशाल बुमि, सुस्मिता भेरिकार, फुलमाया शाहि, शेर बहादुर बि सि,संगिता बुमि, भिम परियार, रमेश मुस्कान, अमिला दानी, सुलक्क्षा भण्डारी, छक्क फडेरा, राम ब थापा, मनोज बोहरा, मोहन बुढा, बिनिता रावत र सृजना रोकायालाई पनि सर्बसम्मत गरीएको बताउनु भएको छ ।
यसैगरी प्रदेश प्रतिनिधिमा चर्चित कलालकार अमृत कुमार अनमोल र सेरबहादुर विसीलाई मनोनयन गरीएको छ भने केन्द्रीय महाधिवेशन पर्तिनिधी जिल्ला कार्यसमितिको पहिलो बैठकले निर्णयले पारीत गर्ने निर्णय भएको पनि सचिब भण्डारीले बताउनु भएको छ ।
