आगामी फागुन २१ को निर्वाचनका लागि हुम्लाबाट ८ जनाको उम्मेदवारी दर्ता ।


माघ ६ हुम्ला । हुम्लाबाट ८ जनाको उम्मेदवारी परको छ ।

आगामी फागुन २१ गते हुँने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली काँग्रेशबाट जयपती रोकायाले उम्मेदवारी दर्ता गराउनु भएको छ । लामो समय तरुण दल हुम्लाको अध्यक्ष हुँदैं दुई कार्यकाल जिल्ला सभापति बन्नु भएका रोकायालाई नेपाली कांग्रेसका दुवै पक्षले उम्मेरदवारका रुपमा अघि सारेर आज उहाँको मनोनय दर्ता गराएको नेपाली काँग्रेश हुम्लाका पाटी सभापती मोहनविक्रम सिंहले बताउनु भयो ।

जिल्ला पाटी उपसभापती बसन्त रोकायाको प्रस्तामा र पाटी उपसभापती कैलाश भण्डारीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसै गरीने नेकपा एमालेबाट पाटी केन्द्रीय सदस्य दल फडेराले मनोदयन दर्ता गराउनु भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचन मार्फत अदानचुली गाउँपालिकाका अध्यक्षमा निर्वाचित भई कार्य गरेको पाटी केन्द्रीय सदस्य दल फडेरा यस पाटीको जिल्ला कमिटिको अध्यक्ष हुँदै प्रदेश कमिटि सदस्य दुई कार्यकाल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए उनलाई पाटी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दल रावलको प्रस्तावमा जिल्ला अध्यक्ष ज्ञामी बुमीको समर्थनमा आज उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेपाली कम्युनिष्ट पाटीबाट पुर्व माओबादी केन्द्रका जिल्ला संयोजक डा. दिपेन्द्र रोकायाको उम्मेदवारी परेको छ । पाटी केन्द्रको निर्णय अनुसार कर्णाली प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका भर्खरै मनोनीत पाटी केन्द्रीय सदस्य रोकायाले रंगमल रोकायाको प्रस्तावमा र प्रेमकला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रीक पाटीबाट सर्केगाड गाउँपालिका ३ उनापानीका जटिल कार्कीले पनि उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पाटीबाट पनि हुम्लामा उम्मेदवारी परेको छ । सर्केगाड गाउँपालिका १ जैरका छक्क बुढाले जिल्ला पाटी अध्यक्ष विकास बहादुर महतको प्रस्तावमा र पाटी केन्द्रीय सदस्य कालीबहादुर शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट नाम्खा गाउँपालिका ६ की टासी ल्हान्जोमको उम्मेदवारी परेको छ । उनी गएको भाद्र २३ र २४ गतेको जेनजी आन्दोनपश्चनत बनेको सरकारमा मन्त्री पाउने चर्चाको शिखरमा पुगेकी ल्हाजोमलाई सार्वजनिक आलोचना भएपछि मन्त्री बनाइएको थिएन । भर्खरै रास्वपामा आवद्ध भएकी ल्हाजोमलाई सामानुपातिक सूचिमा राखिएको थियो । अग्रसूचिमा राखिएकी लहाजोमलाई कसरी समानुपातिक सूचिबाट हटाइयो भन्ने बारेमा अनेक खाले तर्क गरिएको बेला रास्वपाले प्रत्यक्षको टिकट दिएको छ ।

यसै गरी हुम्लामा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी(माओबादी) का कुम्भ बुढाको पनि उम्मेदवारी परेको छ । उनले कृष्ण बाहोराको प्रतावमा र उपेन्द्र रावलको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको छ । भने मितेरी नेपाल पाटीबाट सिमकोट गाउँपालिका ८ का जयबहादुर शाहीले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ उनिसँगै हुम्लामा प्रत्यक्ष तर्फ ८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत बरालले बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     ७ माघ २०८२, मंगलवार १७:१८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *