नाम्खा पुगे सामाजिक विकासमन्त्री मल्ल, स्वास्थ्य, शिक्षा र पूर्वाधारका समस्या बारे जानकारी
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीसँग भेटघाट गर्नुका साथै गाउँपालिकामा सञ्चालित विकास निर्माण, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवाको अवस्थाबारे जानकारी लिनुभएको छ ।
नाम्खा गाउँपालिका पुगेका मन्त्री मल्ल नेतृत्वको टोली









