राजनीति

भोटेकोशी बाढीपीडितलाई नाम्खा गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने ।

भोटेकोशी बाढीपीडितलाई नाम्खा गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने ।

   
यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकको खोजी, उद्धार र राहतका लागि हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, गोरखा र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको तथा हुम्लाका नागरिकसमेत प्रभावित भएको भन्दै विपद्धको दुःखद् घडीमा सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्र
संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने ।

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने ।

   
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न सभापति लामिछानेका लागि समय माग गरिएको छ । बैठकमा लामिछानेले समसामयिक विषय तथा जनजीविकाका सवालमा पार्टीका धारणा राख्ने बुर्लाकोटीले बताए ।
सिंहदरबारदेखि शीतल निवाससम्मका भग्नावशेष अझै उठेनन्

सिंहदरबारदेखि शीतल निवाससम्मका भग्नावशेष अझै उठेनन्

   
काठमाडौँ । २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रपतिको कार्यालय रहेको शीतल निवाससम्मलाई खरानीमा परिणत गरिदियो । जेनजी पुस्ताले २३ गते गरेको आन्दोलनलाई सरकारले प्रहरी–प्रशासनको आडमा निर्ममतापूर्वक दमन गरेपछि २४ गते थप उग्र प्रदर्शन भयो । यस क्रममा कैयौँ सरकारी र निजी सम्पत्तिसमेत तोडफोड र आगजनी भयो । आन्दोलनको रापले डढेका देशका गरिमामय संरचनाहरू अझ
जेनजी आन्दोलनको एक वर्षः हुम्लाले के पायो, के गुमायो ?

जेनजी आन्दोलनको एक वर्षः हुम्लाले के पायो, के गुमायो ?

   
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन आज एक वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले बन्द गरेको थियो तर भिपिएन लगायतका विभिन्न सफ्टवय मार्फत भने चलीरहेकै थिए, उक्त सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन भ्रष्टाचार, राजनीतिक बेथिति, नातावाद, बेरोजगारी र सुशासनको मागसहित देशव्यापी विद्रोहमा परिणत भएको थियो ।
जिल्ला सदरमुकाम सिमकोटका तीन वडा सञ्चारविहीन, नयाँ टावर निर्माणको माग

जिल्ला सदरमुकाम सिमकोटका तीन वडा सञ्चारविहीन, नयाँ टावर निर्माणको माग

   
जिल्ला सदरमुकाम सिमकोटमै रहेका वडा नं. १, २ र ३ का बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित भएपछि स्थानीयले नयाँ मोबाइल टावर निर्माणको माग गरेका छन् । साविक ठेहे गाविस क्षेत्रका युवाहरूले सोमबार नेपाल टेलिकम, दूरसञ्चार कार्यालय सिमकोटमा ज्ञापनपत्र बुझाउँदै नयाँ टावर निर्माण गर्न माग गरेको स्थानीय युवा सर्जन भण्डारीले बताउनु भयो । यदी नयाँ टावर निर्माणको प्रकृया अगाडि नबढे आन्दोलनमा जाने चेतावनीसमेत
चन्दा बाकसमा संकलित सात लाख रुपैयाँ भोटेकोसी बाढीप्रभावितलाई सहयोग

चन्दा बाकसमा संकलित सात लाख रुपैयाँ भोटेकोसी बाढीप्रभावितलाई सहयोग

   
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटलले असहाय तथा विपन्नका लागि संकलन गरेको रकम भोटेकोसी बाढीप्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्षअघि होटल परिसरमा राखिएको चन्दा बाकसमा संकलित ७ लाख १८ हजार ६ सय १८ रुपैयाँ फेला परेको हो । उक्त रकम प्रहरी, प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिध
कर्णाली सरकारले पायो पूर्णता, हुम्लाकी जुम्कित लामा सहित ३ जना मन्त्रीमा नियुक्त

कर्णाली सरकारले पायो पूर्णता, हुम्लाकी जुम्कित लामा सहित ३ जना मन्त्रीमा नियुक्त

   
कर्णालीमा मंगलबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका नेतासमेत रहेका शाहीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोकास उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रुकुम पश्चिमकै कल्याणी खड्का र भूमि, व्यवस्था,
कोभिड पछि पहिलो पटक धामीझाँक्री मानसरोवर–कैलाश दर्शन गर्न पुगे ।

कोभिड पछि पहिलो पटक धामीझाँक्री मानसरोवर–कैलाश दर्शन गर्न पुगे ।

   
हुम्लाका देवदेवतासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार मानसरोवरको जल ल्याउने र कैलाश दर्शन गर्ने उद्देश्यले धामीझाँक्री करिब तेह्र वर्षपछि पुनः मानसरोवर–कैलाश पुगेका छन् । हुम्लामा मानिने देवतामध्ये बाँडपाल देवताका धामीझाँक्रीलाई यसपटक चीनको भिसा लिएर मानसरोवर–कैलाश दर्शन तथा पूजाआजाका लागि लगिएको हो । सिमकोट गाउँपालिका–५ का टेकबहादुर रावतका अनुसार देवता मान्ने दुई घरधुरीको व्यवस्थापन
कर्णालीमा एमालेका मन्त्रीले लिए पद तथा गोपनियताको सपथ ।

कर्णालीमा एमालेका मन्त्रीले लिए पद तथा गोपनियताको सपथ ।

   
सुर्खेत। मन्त्रालयको भागबन्डा टुङ्गिएसँगै कर्णालीमा सत्तारुढ दल नेकपा एमालेले मन्त्री टुङ्गो लगाएको छ । आफ्नो भागमा परेका ३ वटा मन्त्रालयलाई पूर्णता दिन एमालेले बुधबार नै मन्त्रीको नाम फाइनल गरेको हो। जसअनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकासमन्त्रीमा जितबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा कलबहादुर हमाललाई पठाएको छ । यी मन्त्रीको शपथ केहीबेरमा हुन लागेक
कर्णालीमा सरकार विस्तार अनिर्णीतकै विचमा मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णालीमा सरकार विस्तार अनिर्णीतकै विचमा मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

   
सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (आज) विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रदेशको सभा बैठक आज दिउँसो ठिक ३ बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरे पनि मन्त्रिमण्डल बिस्तारको काम अनिर्णयको बन्दी जस्तै बनेको छ। साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले २३ दिन बितिसक्दा मन्त्रिमण्डलमा एक जना सदस्य पनि नियुक्त गर्न सकेक