सात वटा गाउपालीका र दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको हुम्लामा सर्केगाड बाहेक सबै पालीकामा सहमतीमै सभापति र प्रतिनिधी चयन भएका छन । तर सर्केगाडमा सहमति नजुटे पछि पौडेल पक्ष र देउवा पक्ष दुई खेमामा उम्वेद्धार कायम भएर निर्वान भएको छ । शुक्रबार देखि सहमती जुटाउने प्रयास हुदा पनि दुबै खेमाले दाविको टिनो नछोड्दा निवार्चन हुन पुगेको नोपली कँग्रस हुम्लाका पाटी सचव एव क नम्बरका सभापती मोहन विक्रम सिँहले बताए । उनका अनुसार सभापतिका प्रत्यासी देउवा पक्ष बाट बल खत्री र पौडेल पक्ष बाट धनराज शाहीको रस्साकस्सी भयो ।
सोही नीर्वाचनमा पौडेल पक्षका धनराज शाही नौ मतको अन्तरले विजय भएका छन । जम्मा एक सय बत्तीस जना प्रतीनीधीको मत मध्य एक जना अनुपस्थीत हुदा एक सय एकतिस जनाले मतदान गरेको निर्वाचन अधिकृत मिम बहादुर शाहीले बताए । उनका अनुसार पौडेल पक्षका धनराज शाहीले उनान्सतरी मत प्राप्त गरेर विजयी भए भने देउवा पक्षका बल खत्रीले साठी मत प्राप्त गरी प्राजित भए ।
१३ औ महाधिवेसनमा क्रियाशिल सदस्यले मतदान गर्न पाउने भए पनि १४औ महाधिवेसनमा वडा बाट चयन भएका प्रतीनिधीले मात्र मतदान गर्न पाउने प्राप्दान रहेको कँग्ेस स्रोतले जनाएको छ । आठ वटा वडा रहेको सर्केगाडमा वडा तहको भने सहमतीमै वडा सभापति र प्रदेश प्रतिनिधी चयन भए । चयन भएका ८ वडाका प्रतीनिधीले मतदान गरेर पालीका सभापती निर्वाचित भएका छन । हिमाली जिल्लामा यहि असोज नौ गते देखि प्रन्ध्र गते सम्म पालीका देखि जिल्लाको महाधिवेसन सम्पन्न गर्ने मिती तए भएसगै हुम्लोको क नम्बर क्षेत्रका लागी ताजाकोट अदानचुली र चँखेल्नी गाउँपालीका बाट चयन भएका क्षेत्रीय प्रतिनिधीहरु प्रदेस केन्द्र सर्केगाड केन्द्रीत भएका हुन ।
यसैविच प्रदेश अधिवेसनको उद्धघाटनका लागी क नम्बर को प्रदेस केन्द्र सर्केगाडमा महाधिबेसनको सबै तयारी पुरा भएको प्रदेश सभापती मोहन बिक्रम सिँहले रेडियो श्रीनगर लाई जानकारी दिए । उद्धघाटन सम्पन्न पश्चात बन्द सत्र सुरु हुने पनि बताए । अहिले सम्म चवालीस वडामा शहमतीमै वडा सभापती र प्रतिनिधी चयन गरेको र सर्केगाड बाहेक छ वटा पालीकामा पनि सहमतिकै आधारले सभापति र प्रतिनिधी चयन भएको लगाव सहमती बाटै प्रदेश सभापति बनाउने आसामा रहेको सिँहको भनाई छ । निर्वाचन क्षेत्र क को सभापतिको हैसियतले प्रदेस महाधिवेसनको आयोजक रहेका सिँह पार्टी सचिवको जिम्बेवारी बहनले समेत जिल्ला अधिवेसनको पनि आयोजक रहेकाले छोटो समयमा टुड्डो लगाउन चाहान्छन । अर्को कुरा के पनि छ भने पाटी सभापतिको उम्बेद्धारको दावि रहेकाले प्रदेसमा सहमति जुटे जिल्लामा पनि सहमत बाटै आफु सभापति चयन हुने दाउमा रहेका छन ।