हुम्लाको खार्पुनाथमा घर पुरिँदा बेपत्ता भनिएका ६ मध्ये ४ जनाको ज्यान गयो, अन्य दुइको खोजी कार्य हुँदै


कार्तिक ३ हुम्ला — वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ६ मध्ये ४ जनाको ज्यान गएको छ । भने अन्य दुइ जनाको खाेजी कार्य भैरहेको छ । खर्पेलगाउँ स्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति पहिरो खसे पछि धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका थिए । घरपछाडिबाट आएको पहिरोले पुरिएर एकै घरका ६ जना बेपत्ता भएको स्थानीय स्थानीय हर्क शाहीले जानकारी दिएका थिए रातिको समय भएकाले उद्धारमा कठिनाइ भएकोमा अहिले संयुक्त सुरक्षा टोलील उद्धार गर्दा ४ जना मृत अबस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएस पी हेरम्ब शर्माले बताए ।

उता जिल्लाको मध्ये क्षत्रमा रहेको सर्कगाड गाउँपालिकाको बराईमा ११ घरहरु जोखीम अबस्थामा रहेको छन् तीन दिन देखि परेको अविरल वर्षाले गाउँ माथीबाट पहिरो आउदा जोखिममा परेका घर हरु बस्ती विस्तार भवन,पाचाङ बुढाथोकी ,रन्न बुढाथोकी , धनलाल बुढाथोकी ,बिरजित बुढाथोकी ,हिरलाल बुढाथोकी ,हिर बहादुर बुढाथोकी ,धिर बहादुर रोकाया,बरुने ऐडी,गोर बहादुर ऐडी,मकबिर बुढाथोकी ,राना बुढाथोकी ,सुरजित बुढाथोकी ,बासमती बुढाथोकी ,सेर बहादुर रोकाया,तुला बुढाथोकी ,सुरबिर रोकाया ,धनराज बुढाथोकी ,बाचविर बुढाथोकी र भक्त राज ऐडी लगायत का घरहरु अति जोखिममा रहेको स्थानीय भक्त बहादुर ऐडीले बताए ।

यता अदानचुली गाउँपालिका वडा नम्बर ५ करगईका गगन सिंह,धनलाल शाहीको घर भत्कीएको छ भने पुनलाल शाही, जय छत्याल,धनराजे छत्याल,जना छत्याल,कन्न छत्याल र धन ब शाहीको घर अति जोखीममा रहेको स्थानीय अंग बहादुर शाहीले बताए ।

वडा नम्बर ५ कै बारीगाउँका ५ वटा घर भत्कीएका छन् घर भत्कीनेमा नरेन्द्र रावल,मंगल रावल, सागर बोहरा, हरीचन्द ऐडी र मन बहादुर ऐडीको घर भत्कीएको स्थानीय सिंह बोहराले बताउनु भयो भने उता अदानचुली ५ कै लमहीमा अमृत टमटाको घर पुर्णरुपमा भत्कीएको छ ।

उता अदानचुली ४ मा ५ वटा घर भत्कीएका छन् भने अदानचुली ३ मा रहेको महिला सामुदायिक भवन पनि भत्कीएको श्रीनगर प्रहरी चौकीका ईन्चार्ज कृष्ण बुढाले बताए । उनका अनुसार कल्खेमा धनलाल भियालको घर पनि भत्कीएको छ ।

अदानचुली गाउँपालिका वडा नम्बर १ मा रहेको जनकल्याण आधारभुत बिद्यालयको भवन भत्कीदा १ नम्बर वडा कार्यालय राखीएको भबन र सामुदायीक स्वास्थ्य ईका पुर्ण रुपमा क्षेती भएको जनकल्याण आधारभुत बिद्यालयका शिक्षक मान बहादुर महताराले बताउनु भयो । १ नम्बर वडा अध्यक्ष रग थापाको गेरुखानीको घर पनि भत्कीएको छ भने दशरथ महताराको घर भत्कीन लाग्दा अनेत्र बसाई सकेका छन् ।
सर्केगाड १ तुम्चमा रहेको कुईझार देखी तुम्च खानेपानी पुर्णरुपमा बरुद्ध बनाएको छ भने दन्तराज कटुवालको घर भत्काएको छ ।

बालीनाली सहितको जग्गा जमिन पुरै क्षेत बिक्षेद बनाएको छ भने सडकहरु पुर्णरुपमा अबरुद्ध भएका छन् सानातिना गोरेटोबाटाहरु पनि पुरै भत्काएका छन् कतै रुख ढलेर अबरुद्ध भएका छन् भने कतै भत्कएिका र कतै खोलाले सबै बगाएर लगेको छ ।

अधिकांसका घरहरु आधा आधी भत्काएर रातभर बाहिर बसेर राती बिताएका छन् भने बालीनाली सबै बगाएर लगे पनि कसरी खाने बस्ने होला भन्दै किषनहरुले आँसु झर्दै गुनासो गरेका छन् ।

फोटो फिचर

प्रकाशित मितिः     ३ कार्तिक २०७८, बुधबार ०९:०३  |