ग्रामिण भेगमा देउसीमा बिलयन हुदै भैलो


मोहनसिंह बुढा
हुम्ला पुष ४ अईतबार । भैली पूर्णिमाको दिन आज यहाका समुदायले समय सूचक चाँड एवं दान पर्वका रुपमा भैलो पूर्णिमा मनाएका छन् । धार्मिक विश्वासअनुसार आजका दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रुपमा लिने गरिन्छ । भैलो पूर्णिमाको अवसरमा दान गरे फलिफाप हुने विश्वास अनुसार दान दिने प्रचलन रहेको छ । भैलो पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ ।

यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रहेको पाईएको छ । परम्पराअनुसार योमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा योमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । योमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा समेत लिइन्छ । परापुर्बकालमा अर्थात एक दशक अघि मात्र भैलो पुर्णिमाका दिन भैलो भनेर भैलो खेलिने गरेको पाईन्थ्यो भने अहिलो दृसीमा पनि देउसि भैलोमा पनी देउसी भन्ने चलन रहेको पाईएको छ । यसले सस्कृतीलाई जोगाउन नभई भगाउन उत्तरदाई भएको एक बृद्धले बताएका छन ।

भैलो मानसरोवरबाट दक्षिणतिर ताक्लाखार, करानदरा, मुगु,हुम्ला,खत्याडदरा,सिँजा,दुल्लु हुदै दाङ्गसम्म बिस्तार हुदै गएको कुरा उल्लेख छ । यसमा पइलिअ भइलो कहा उब्जियो ?ं‘..पइलिअ भइलो सरोवर उब्जियो । सरोवरका भइलाले क्या खान्की पायो ? सरोवरका भइलाले सुनै खान्की पायो‘‘.यो पुरुषले खेल्ने भैली गीतको पहिलो टुक्का हो । पुरुषहरुले अन्तिम टुक्कामा भैलो बाइगो दाङ्घ मोहोर‘.. पैसा माग‘. भन्दछन् । त्यसैगरी महिलाले खेल्ने भैली गीतमा दुल्लुका देवलमनी केवडो बासन लाग्यो ह्दय फाटन लाग्यो को र लाउला पहरिको बाटो‘‘‘ भैलो माग्न आएउ ताउलो क्या देउला भैलो,घोडा क्या देउला भैलो.भन्ने गीतबाट शुरु हुन्छ । त्यसैले सिँजा सँस्कृतिमा भैलो मानसरोवरबाट उत्पत्ति भएर दुल्लु र दाङ्गसम्म फैलिएको भैली गीतबाट प्रष्ट हुन्छ । यसमा कुनै मिथक जोडिनु आवश्यक देखिदैन । यो विशुद्ध साँस्कृतिक पर्व हो ।

कर्णाली र सुदुर पश्चिमका मानिसहरु आफ्नो मौलिक भैलो सँस्कृतिलाई छोडेर तिहारको देउसीलाई पछ्याइरहेका छन. । नेपालको पूर्वतिरका पश्चिम सँस्कृतिका जानकारहरु देउसी भैलो एउटै भएको दाबी गरिरहेका छन् । नेपालका कलाकारहरु, क्लबहरु देउसी भैलो समूह निर्माण गरेर देउसी र भैलो एकैसाथ खेलिरहेका छन् । देउसी गीत गाएर भैलो मागिरहेका छन् । देउसी र भैलो गीत आफै कथेर गाउने चलन बढेर गएको छ । जसले देउसी र भैलोको अन्तर छुट्याउन कठिन भएको छ । बिस्तारै भैलोको ठाउ देउसीले लिदैछ ।

कर्णाली र आसपासका क्षेत्रमा देउसी खेल्ने चलन बढेर गएको छ । अर्कोतिर भैलो खेल्ने चलन करिब करिब छोडिएको अवस्था छ । जसबाट परम्परा, इतिहास र लामो बिरासत बोकेको सिँजा सभ्यताको भैलो देउसीमा जबर्जस्त रुपमा विलय हुने खतरा बढेर गएको छ । यसको सम्वद्र्धन र संरक्षणका लागि फेरी पनि हामी सबै सरोकारवालाहरु अबिलम्ब जुर्मुराउने बेला आएको छ ।

प्रकाशित मितिः     ४ पुष २०७८, आईतवार १४:११  |