आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस,अदानचुलीमा भिन्नै तरिकाले मनाए


श्रीनगर । आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, अदानचुली गाउपालीकामा फरकै किसिमको कार्यक्रम गरी मनाइएको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ यस वर्षको महिला दिवस अदानचुलीमा पनि मनाइएको छ ।

आज अदानचुली गाउपालीकामा रहेका ६ वडा वडा बाट एक एक देउडा टिम ल्याइ मनाइएको छ । अदानचुली गाउपालीको वडा नम्बर २ को कार्यलय अगाडीको मैदानमा देउडा प्रतियोगिता गरिएको हो ।

उत्त क्रार्यक्रम अदानचुली गाउपालीकाका उपाअध्यक्ष सौमती रावल ऐडीको अध्यक्षतमा,महिला प्रतिनीधी जय लक्ष्मी शाही हमालको प्रमुख आतिथ्यमा,अदानचुली गाउपालीकाका कार्यपालीका सदस्यहरुको बिषेश आतिथ्यमा र अन्य अदनचुली गाउपालीका भरीका महिला हरुको उपस्थितमा मनाइएको हो ।

उत्त देउडा प्रतयोगीतामा जम्मा ६ वडा बाट ६ वटा दर्ता भएका टिमहरुलाइ ३ टोलीमा देउडा खेलाइ सबैलाइ समान ४।४ हजारका दरले पुरस्कार बितरण गरिएको अदानचुली गाउपालीकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत टक्क दत्त प्याकुरेलले जानकारी दिनु भएको छ ।

देउडा प्रतियो गितीमा केही देउडा खेलाडीले मात्र महिलाका हक अधिकार महिला नेतृत्वका कुरा ल्याय पनि केही टिमले भने फरकै सैलीमा देउडा खेलेको पाइएको हो । उत्त कार्यक्रम अदानचुली गाउपालीकाको आयोजनामा र ग्रामीण जनउत्थान बिकाश कार्यक्रम यारपियु डिपी हुम्लाको सहजीकरणमा संञ्चालन भएको हो ।

उत्त कार्यक्रम संञ्चालन हुनु अघि एक राजनितीक दलको मात्रै कार्यक्रम भएको भन्दै बिवादीत बनेको थियो । उत्त कार्यक्रममा अदानचुली ३ बाट र्याली गर्दै आएका थिए । सबैसंयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ ९वि।सं। १९६६० देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्पराको थालनी गरिएको हो ।

सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको भने थिएन ।

सन् १९१४ देखि मात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा श्रमिक महिला दिवस मनाउन लागिएको हो । संसारका विभिन्न देशले ५० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्रै नेपालमा वि।सं।२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो । नेपालको संविधान २०७२ ले महिलाको सहभागिता सुनिश्चिततका लागि विभिन्न व्यवस्था गरेको छ ।

जसअनुसार ३३ प्रतिशत सहभागिता गराउनैपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण संसद्मा महिलाको उपस्थिति सम्मानजनक छ । संघीय संसद्मा दुई सय ७५ सदस्यीय हुने व्यवस्था अनुसार महिलाको सङ्ख्या ९० रहेको छ । यसमध्ये ६ जना प्रत्यक्ष निर्वाचित छन् भने ८४ जना समानुपातिक सांसद हुन् ।

त्यस्तै, ५९ सदस्यीय राष्ट्रिय सभामा २२ जना महिला सांसद छन् । प्रदेश सभामा पनि ३३ प्रतिशत महिला छन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्रै महिलाको नेतृत्त्व छ । तर, अधिकार कार्यान्वयनको पाटो अझैँ फितलो छ ।

केही महिला दिवसमा भए पनि केही महिला पहिलेकै अबस्थामा
केही महिला दिवसमा भए पनि केही महिला पहिलेकै अबस्थाको जंगल र खेत बारीमा देखा परेका छन ।

आज महिलाहरुको नारी दिवस कुनै खुशियालिको उत्सव नभएर सदियौं देखि जाति बर्ग, सामाजको, धर्म तथा संस्कार, नारिमाथि हुदै आइरहेको बिभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन,हिंसा जस्ता लैगिक बिभेद र अमानवीय व्यवहारहरु बिरुद्धको आवाज हो । नेपालको संबिधान दक्षिण एसियाकै उत्कृष्ट महिला मैत्री मानिन्छ जसले मौलिक हकको धारा ३८ मा महिलाको हक सुनिश्चित गरेको छ भने कानूनले नै महिलालाई ३३% आरक्षणको व्यवस्था गरको छ ।

अदानचुलीका महिलाहरु अझै चुलो चौको,जंगल र खेतबारीमा ब्यस्त देखिएका छन । तर यस पालीकामा अहिले संघ सस्था नभएकै कारण पनि महिलाहरुका पिडा जस्ताका तस्तै सिमित रहेका छन । अन्य ठाउमा २१ ऋौ शताब्दी आए पनि अदानचुलीका महिलाहरुले १७ औ सताब्दीमा बस्न बाध्य भएका छन ।स्वतन्त्र अधिकारको कुरा परै रहेस महिला हिंसा जाने बुझेका ब्यात्तीको घरबाटनै सुरु भएको पाइएको छ । यस क्षेत्रका महिलाहरु घझै पनि महिनावारी पिरिएटमा देता रिसाउने अन्धबिश्वासमा गाइबस्तु झै गोठमै ५ रात कटाउन बाध्य भएका छन ।

आज अदानचुली गाउपालीकाले आयोजना गरेको महिला दिवस कार्यक्रममा पनि महिलाको उपस्थित उल्लेखनिए नदेखीएका पाइएको छ । यस क्षेका मिहलाले आज नारी दिवसकै दिनमा पनि घरको कामलाइ थाती राखेर दिवस छोडेर अन्य बन पातमा घास दाउरा जान बाध्य भएका छन ।

यस भन्दा पहिले यस क्षेत्रमा संघसंस्था हुदा रुडीवादी प्रम्परालाइ अन्त्य तिर लगिएको थियो अहिले कुनै संघ सस्था नहुदा र जाने बुझेकै घरबाट बिवेद हुनुका कारण यसको अन्य हन नसेको पाइएको छ । महिलाको विषय सबैको साझा विषय भएकाले जिल्लाका सातवटै स्थानीय तहले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिबद्ध रहेर लाग्नु पर्ने देखिएको छ । महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न महिला अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।

देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनु पर्छ । महिला प्रतिको हाम्रो समाजमा विद्यमान पितृसतात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय रहेको छ ।

महिला हिंसा र असमानतालाई पूर्ण रुपमा निर्मूल नपारेसम्म समाजको आर्थिक सामाजिक विकास नहुने देखिएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ २०७८ को महिला दिवस मनाइएको हो । सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

फोटो फिचर

 

प्रकाशित मितिः     २४ फाल्गुन २०७८, मंगलवार १९:२२  |