देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज
तुम्च, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देवल आधारभूत विद्यालय माध्यमिक विद्यालयमा स्तरोन्नति भएको छ। आइतबार आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई औपचारिक रूपमा माध्यमिक तहमा स्तरोन्नति गरिएको हो।
वि.सं. २०४४ सालमा प्राथमिक तहबाट स्थापना भएको विद्यालय २०६८ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो। लामो समयको प्रयास र स्थानीय समुदायको मागपछि विद्यालयले अब माध्यमिक तहको मान
