बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली
कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले अदानचुली गाउँपालिकाले गत साउन १ गतेदेखि विद्युतीय (इ–हाजिरी) प्रणाली लागू गरेको छ। तर प्रणाली लागू भएको झण्डै एक महिना पुग्न लाग्दा पनि कार्यालयको सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्।
अदानचुली परिवर्तनका लागि जागरण अभियानले लामो समयदेखि उठाउँदै आएको माग तथा गाउँसभाको असार १० गते प








