लामो समयको बिबाद पश्चात अदानचुली गाउँपालिकामा फेरी पनि सडक निमार्ण कार्य सुचारु(फोटो फिचर)


काली बहादुर थापा हुम्ला ।
चैत्र १५ हुम्ला । लामो समयको बिबाद पश्चात अदानचुली गाउँपालिकामा फेरी पनि सडक निमार्ण कार्य सुचारु भएका छन् । गत आर्थिक वर्ष देखी सडक निमार्ण सुरु भएका सडकहरु बिबादकै कारण रोकीएका थिए ।

अदानचुली गाउपालिकाले गत वर्ष बिनियोजन गरेका बजेट बिभिन्न समयमा भएका बिबादले कार्यान्वयन हुँन सकेका छैनन ।

यस आर्थिक वर्षमा पनि गाउँपालीकाले सडक केन्दीत बजेट बिनियोजन गरे पनि काम नै सुरु नहुँदा नागरीकहरु ससंकित भएको अबस्थामा शनिवार देखी दुई वटा जेसीबीहरु लगाएर सडक निमार्णय कार्य सुचारु गरेको छ ।

गत वर्ष देखीनै बिबादमा रहेको श्रीनगर देखी कल्खे सम्मको सडक निमार्णको हिजो सिलान्यास गर्दै अदानचुली गाउँपलिकाका अध्यक्ष दल फडेराले ढिलामा २ महिना भित्र १ नम्बर वडामा सडक पुर्याउने बताउनु भएको छ । श्रीनगरको थलोहाल्ना देखी कल्खे सम्म २ किलोमिटर छ तर निकै कडा चट्टान रहेकाले केहि ढिलो हुँने छ ।

कल्खेको तल्लो गाउँ माथिल्लो गाउँ नभनी दुईगाउँको बिचमा सडक लिने बताउँदै कोही गाउँलाई काखा कोही गाउँलाई पाखा नबनाइ सबै गाउँमा सडक पुगाउने बताउनु भयो ।

गाउँमा सडक आउने भने भने पछि त्यहाँ स्थानीय नागरीहरु खसी भएका छन् अब सडक र बिद्युत दुबै एकै पटक पुर्याउन गाउँपालिकालाई सुझाब समेत दिएका छन् । गाउँमा सडक लिनमा हामी सबै सकारात्मक भएको भन्दै अब कोही कसैले बिबाद नगर्ने सहमती भएको स्थानीय नेकपा एमालेका जिल्ला कमिटि सदस्य राम बहादुर दानीले बताउनु भयो ।

उक्त सडक खन्ने जिम्मा लिएका ठेकेदार गणेश भण्डारीले दिन रात खनेर जती सक्दो छिटो पुगाउने बताएका छन् । सडक निमार्ण सुचारु गर्ने भने पनि कल्खेका धामी,पुजारी लगायत बुद्धिजिबीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः     १५ चैत्र २०७७, आईतवार २१:०८  |