वडा अध्यक्ष पाण्डेले पदभार ग्रहण गरे लगत्तै मासिक आउने सेवा सुबिधा सामाजिक कार्यमा लगानी गर्ने पहिलो बैठकको निर्णय


श्रीनगर । अदानचुली गाउपालिका वडा नम्बर ४ का नबनिर्वाचित वडा अध्यक्ष मऋषी पाण्डे (जैसी)ले सोमबार पदभार ग्रहण गरेका छन ।
गाउपालिका अध्यक्षबाट पद तथा गोपनियताको सफथ ग्रहण गरे लगत्तै आफ्नो वडा कार्यलयमा गएर पदभार ग्रहण गरी आफ्नो अध्यक्षता र अन्य ४ जना वडा सदस्यहरुको उपस्थितमा पहिलो बैठक गरेका हुन ।
उत्त पहिलो बैठकमा आफुलाइ स्वइच्छाका साथ आउने मासिक सेवा सुबिधा आफुले नलिइ वडाको कुनै सामाजिक कार्यमा खर्चिने निर्णय गरेका छन । वडा कार्यलयमा गइ यस्तो निर्णय गरेका छन ।
पाण्डेले स्वास्थय क्षेत्रमा अध्यन गरेका भएकाले वडामा आर्थिक अबस्था कमजोर भएका बिरामीहरुलाई स्वास्थय उपचारमा खर्चिने देखिएको छ ।
फोटो सहित …..

सो वडामा अध्यक्ष पाण्डे सहित सदस्यमा धनकृस्न जैसी, गोर पुन, अपुरी सुनार ,कुसुमा बुमी सदस्यमा निर्वाचित हुनु भएको छ ।

प्रकाशित मितिः     १० जेष्ठ २०७९, मंगलवार ०८:४५  |