तीन फिटसम्म हिउँ चिरेर हिल्सा जोडिँदै, नारा लेकमा जेसीबी लगाएर सडक खुलाउन थालियो
हुम्लाको उत्तरी सीमा नाका हिल्सा जोड्ने सडक खुलाउन नारा लेकमा जमेको बाक्लो हिउँ पन्छाउन थालिएको छ । कर्णाली करिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब तीन फिटदेखि चार मिटरसम्म हिउँ जमेको भएपछि जेसीबी परिचालन गरी सडक खुलाउने काम सुरु गरिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भयो ।
उहाँका अनुसार नाम्खा गाउँपालिका–५ स्थित समुद्री सतहदे









