हिमपातले हिल्सा नाका थुनिँदा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा पनि प्रभावित ।।
हुम्लाको उत्तरी सीमा नाका हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण ४१ जना नेपाली नागरिक अलपत्र परेका छन् । गत शुक्रबारदेखि निरन्तर परेको वर्षा र हिमपातका कारण हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको हिल्सामा कार्यरत अध्यागमन अधिकृत विमल पौडेलले बताउनु भयो ।
उहाँका अनुसार अलपत्र पर्नेहरू नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्य









