सोरु गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाइ


सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को सार्बजनिक सुनुवाई गरेको छ । गाउँपालिका भित्रकै राजनितिक दल र सरोकारवाला निकायहरुको उपस्थितीमा आज गाउँपालिकामा सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनु भएको छ । उहाँका अनुसार गाउँपालिकामा आएको बजेट के कती कहाँ कसरी खर्च भयो र के कती बिकासका कामहरु भैरहेका छन् भन्ने बारेमा स्पस्ट पारेको बताउनु भएको छ ।

यस आर्थिक वर्षमा सबै क्षेत्रको गरी ५० करोड ७९ लाख १३ हजार २ सय ९९ मध्ये १५ करोड ५७ लाख ६३ हजार ४४ अर्थात ३० दशमलब ६६ प्रतिशत बजेट खर्च भएको बताउनु भएको छ । यता सामाजीक सुरक्षा भत्ता हरेक चौमाषिकमै लाभग्राहीहरुको खातामा जम्मा गरीएको बताउनु भएको छ । जलस्रोत तथा सिचाइ,पशुपक्षी विकास,सहकारी बिकास र उर्जामा भने कुनै खर्च नभएको र अन्य क्षेत्रगत हिसाबमा आर्थिक विकासमा २० दशमलब २२ प्रतिशत, मध्ये कृषिमा १७ दशमलब ४८ प्रतिशत,उद्योगमा ३८ दशमलब ८३ प्रतिशत वित्तीय क्षेत्रमा २३ दशमलब १९ प्रतिशत रकम खर्च भएको उल्लेख गर्नु भएको छ ।

सामाजीक विकासमा जम्मा ३३ दशमलब ८२ प्रतिशत रकम खर्च भएको छ जम्मा शिक्षामा ३७ दशमलब ०४ प्रतिशत,स्वास्थ्यमा २७ दशमलब ३ प्रतिशत,लैङ्गीक समानता तथा सामाजीक समाबेशीकरण तर्फ १६ दशमलब ८७ प्रतिशत,युवा तथा खेलकुद तर्फ २० दशमलब ५८ प्रतिशत,सामाजीक सुरक्षा तथा संरक्षण तर्फ १४ दशमलब १ प्रतिशत खर्च भएको छ । पुर्वाधार विकास तर्फ जम्मा १८ दशमलब ८ प्रतिशत खर्च भएको छ जसमा यातायात पुर्वाधार तर्फ ३८ दशमलब ५७ प्रतिशत,भव आवास तथा सहरी बिकास तर्फ २१ दशमलब २७ प्रतिशत,सम्पदा पुर्वाधार तर्फ ९ दशमलब ६६ प्रतिशत र पुन निमार्ण तर्फ ३७ दशमलब ४ प्रतिशत खर्च भएको छ ।

शुसासन तथा अन्तर सम्बन्धीत क्षेत्र तर्फको कुल बजेटको ५३ दशमलब ७५ प्रतिशत खर्च भएको छ जसमा बिपद ब्यबस्थापन तर्फ २० दशमलब २ प्रतिशत, तथ्यांक प्रणाली तर्फ ७० दशमलब ६३ प्रतिशत,श्रम तथा रोजगारी तर्फ ६१ दशमलब ९३ प्रतिशत, र वित्तिय शुसासन तर्फ ३१ दशमलब ६६ प्रतिशत खर्च भएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ कुल बजेटको ४६ दशमलब ८७ प्रतिशत रकम खर्च भएको उल्लेख गर्नु भएको छ यता नागरीकहरुले उठाएका जिज्ञासाको बारेमा समेत छलफल गरी नागरीकलाई स्पश्ट पार्ने गरीएको सोरु गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताउनु भयो ।

प्रकाशित मितिः     २९ माघ २०८०, सोमबार १८:०९  |