हुम्ला अदानचुलीका किन यति धेरै नागरिक भारत प्रवेश गरे ? अडियो सहित सुन्नुहोस्


लामो समय देखी छिमेकी मुलुक नगएको हुम्ला अदानचुलीका नागरिकहरु यतिबेला दैनिक सयौको संख्यामा बिदेशीएका छन् यस अघि केहि मात्रमा कामकै लागि भारतमा जाने गरेता पनि यो वर्ष अधिकांस नागरिकहरु भारत प्रबेश गरेका छन् ।

प्रत्येक गाउँबाट ५।१० जना त हरेक वर्ष जाने गरेका थिए तर यो वर्ष अदानचुली गाउँपालिकाबाट मात्रै एक हजार भन्दा धेरै नागरिकहरु भारत प्रबेश गरेका छन् भारत जानेहरु कोहि हिडेर गएका छन् भने कोही गाडि मार्फत जाने गरेका छन् हिडेर जानेहरुले घरमा पैसा नभएकै कारण गाडिी चढ्ने समेत पैसा नभएकाले हिडेर गएको प्रतिकृया दिएका छन् यता श्रीनगर बजारमा भएका होटल पसलहरुमा पनि पैसा नभएको कारण खाना र गाडि भाडा समेत हालेर पठाएको श्रीनगर स्थतीत होटलका साहुहरुको प्रतिकृया छ भने भारत जानकै लागि एक बोलेरो जिपमा २२ जना भन्दा धेरै प्यासेन्जर हालेर गएको अदानचुली २ का छप्की बुढाको भनाइ छ ।

लामो समय देखी छिमेकी मुलुक नगएको हुम्ला अदानचुलीका नागरिकहरु यतिबेला दैनिक सयौको संख्यामा बिदेशीएका छन् गाउँमा रोजगारिकका काम नहुँनु,भएका योजनाहरुको पनि फ्रिज जानु लगायतका कारणले नागरिकहरु जिबन गुर्जानकै लागि भए पनि नागरिकहरु छिमेकी मुलुक भारत जानु पर्ने बाध्यता रहेको हुम्ला अदानचुली ५ का रामबहादुर छत्यालले बताए ।

यसैगरी अदानचुली ४ का बलबहादुर बुमीले भने “हुम्लाको दक्षिणी क्षेत्रमा हरेको अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षकै बिबादका कारण करिब ६ करोड बराबरको रकम फ्रिज गयो ३६ भन्दा धेरै योजनाहरुको काम सम्पन्न भए पनि नागरिकहरुले पैसो पाएनन् फलस्वरुप गाउँ घर देखी बजारमा आर्थिक मन्दी भयो बिहान बेलुकाको लागि छाक टार्ने पैसो भएन त्यसकारण भारत जानुको विकल्प नदेखेपछी अधिकांस नागरिकहरु भारत गएका हुँन्” ।

यता अदानचुली ३ का रणसुर रोकायाले पनि समयमै गाउँसभा नहुँनु,कार्यकारीको टुंगो नलागि कार्यकारी बिहिन गाउँपालिका बन्नु र चुलोको सरकार भनिने स्थानीय सरकाले सामान्य कामहरुलाई भन्दा प्रदेश तथा स्थानीय सरकारले गर्ने सडक निमार्णमा सबै बजेट बिनियोजन गर्नु र भए जतीको बजेट डोजर मालिकले लिने गरेकाले पनि नागरिकहरु कामको लागि भारत जानु परेको बताउनु भयो ।

नेकपा एमाले अदानचुली गाउँ कमिटिका अध्यक्ष बुध भण्डारीले का अनुसार करिब २० वर्ष पश्चात यसरी यहाँका नागरिकहरु कामको लागि भारत गएका छन् जब गाउँमा बिभिन्न संघ संस्थाहरु आए त्यस लगत्तै स्थानिय सरकार आयो त्यसले बिभिन्न खाले विकास योजनाहरु मार्फत गाउँका नागरिकलाई रोज गारि दिने गएको थियो तर गएको २ वर्ष देखी यहाँका क्रमचारीहरुले तलब नपाउँनु, बालभत्ता र बृद्ध भत्ता जस्ता प्रत्यक्ष नागरिकसँग जोडिएका रकमहरु समयमा नपाउँनु जस्ता तमाम कारणले यहाँका छिमेकी मुलुक भारत गएका छन् तर यसलाई स्थानीय सरकारले रोकी तत्काल रोजगारिकका कामहरु सृजना नगर्ने हो भने केहि दिन पछि यहाँ गाउँमा कोहि मान्छे मर्यो भने मलामी जाने मान्छे नपाइने अबस्था आउने प्रतिकृया दिए ।

प्रकाशित मितिः     १६ पुष २०८०, सोमबार ०८:२०  |