घटना

नाम्खाको लिमिमा हिमपातले ३५० हाराहारी पशु चौपाया थुनिए, उद्धारमा समस्या ।।

नाम्खाको लिमिमा हिमपातले ३५० हाराहारी पशु चौपाया थुनिए, उद्धारमा समस्या ।।

   
असोज १० र ११ गते परेको हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमि क्षेत्रमा करिब ३०० देखि ३५० वटासम्म याक, झोपा र घोडा पाटनमै थुनिएका छन् । हिमपातपछि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा पशु चौपायाको अवस्था बुझ्नसमेत कठिन भएको छ । नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमपात हुनुअघि चराउनका लागि पाटनमा लगिएका पशु चौपाया असोज १० गतेदेखि लगातार परेको हिउँका कारण उतै थुनिएका
हुम्लामा दुर्घटना रोक्न प्रतिबद्धता अभियान, ट्राफिक नियम पालना गर्न आग्रह ।।

हुम्लामा दुर्घटना रोक्न प्रतिबद्धता अभियान, ट्राफिक नियम पालना गर्न आग्रह ।।

   
सवारी दुर्घटना न्यूनीकरण गरी सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले हुम्लामा सवारी दुर्घटना नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको आयोजनामा मंगलबार बिहान सदरमुकाम सिमकोटस्थित काठेचुलीमा सञ्चालन गरिएको अभियानमा सरकारी निकायका प्रतिनिधि, यातायात व्यवसायी, सवारी चालक, सहचालक तथा सञ्चारकमले प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् । अभियानमा
हुम्लामा जडिबुटी संकलन गर्न गएका ३२ वर्षीय बोहराको भिरबाट लडेर मृत्यु ।

हुम्लामा जडिबुटी संकलन गर्न गएका ३२ वर्षीय बोहराको भिरबाट लडेर मृत्यु ।

   
हुम्लामा जडिबुटी संकलन गर्न वनमा गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँको पेङफेकका अन्दाजी ३२ वर्षीय रुपसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको निजका आफन्त जमन बोहोराले बताउनु भयो । उहाँका अनुसार शनिबार दिउँसो गाउँबाट करिब चार घण्टाको पैदल दूरीमा रहेको प्याल्या वनमा जडिबुटी संकलन गर्न गएका बोहरा शनिबार रातिसम्म पनि बासस्थानमा नफर्किएपछि उनको खोजी गरिएको र आइतबार बिह
तीन फिटसम्म हिउँ चिरेर हिल्सा जोडिँदै, नारा लेकमा जेसीबी लगाएर सडक खुलाउन थालियो

तीन फिटसम्म हिउँ चिरेर हिल्सा जोडिँदै, नारा लेकमा जेसीबी लगाएर सडक खुलाउन थालियो

   
हुम्लाको उत्तरी सीमा नाका हिल्सा जोड्ने सडक खुलाउन नारा लेकमा जमेको बाक्लो हिउँ पन्छाउन थालिएको छ । कर्णाली करिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब तीन फिटदेखि चार मिटरसम्म हिउँ जमेको भएपछि जेसीबी परिचालन गरी सडक खुलाउने काम सुरु गरिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार नाम्खा गाउँपालिका–५ स्थित समुद्री सतहदे
घरको छतबाट लडेर चंखेलीका एक जना गम्भीर घाइते ।।

घरको छतबाट लडेर चंखेलीका एक जना गम्भीर घाइते ।।

   
हुम्लाको चंखेली गाउँपालिका–६ मेल्छामका लालबहादुर सिरा घरको छतबाट लडेर गम्भीर घाइते भएका छन् । मंगलबार साँझ घरको छतमा सिमी लिन जाने क्रममा अचानक लडेर सिरा घाइते भएका हुन् । छतबाट लडेका सिराको टाउकोमा गम्भीर चोट लागेको चंखेली गाउँपालिका आयुर्वेद शाखा प्रमुख गोरख महताराले बताउनु भयो । घाइते सिरालाई तत्काल मेल्छाम स्वास्थ्य चौकीमा पुर्याई सामान्य उपचार गरिएको थियो । स्वास्थ्य चौकीमा उपचारपछि थप उपचा
हुम्लामा हिमपातले जनजीवन प्रभावित

हुम्लामा हिमपातले जनजीवन प्रभावित

   
जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाका का
हिमपातले हिल्सा नाका थुनिँदा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा पनि प्रभावित ।।

हिमपातले हिल्सा नाका थुनिँदा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा पनि प्रभावित ।।

   
हुम्लाको उत्तरी सीमा नाका हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण ४१ जना नेपाली नागरिक अलपत्र परेका छन् । गत शुक्रबारदेखि निरन्तर परेको वर्षा र हिमपातका कारण हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको हिल्सामा कार्यरत अध्यागमन अधिकृत विमल पौडेलले बताउनु भयो । उहाँका अनुसार अलपत्र पर्नेहरू नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्य
ताँजाकोट आगलागी प्रकरणः दुई जना पुर्पक्षका लागि जेल चलान ।।

ताँजाकोट आगलागी प्रकरणः दुई जना पुर्पक्षका लागि जेल चलान ।।

   
हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत भदौ ७ गते राति ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत पुर्वशाँखा प्रमुख धनर
अविरल वर्षा र हिमपातपछि हुम्लामा विपद् व्यवस्थापन समिति सक्रिय, सडक तत्काल खुलाउन निर्देशन ।

अविरल वर्षा र हिमपातपछि हुम्लामा विपद् व्यवस्थापन समिति सक्रिय, सडक तत्काल खुलाउन निर्देशन ।

   
 हुम्लामा अविरल वर्षा र हिमपातका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वर्षा र हिमपातका कारण अवरुद्ध भएका सडकमा नजिकबाट उपलब्ध हुने मेसिन तथा उपकरण प्रयोग गरी पहिरो पन्छाउने, आवश्यक ठाउँमा ब्लास्टिङमार्फ
हुम्लामा महिना दिन सम्मपनि विद्युत्त संकट कायमैः बजार क्षेत्रमा दिनमा दुई घण्टा मात्रै बत्ती, भोलि परीक्षण गरिने ।

हुम्लामा महिना दिन सम्मपनि विद्युत्त संकट कायमैः बजार क्षेत्रमा दिनमा दुई घण्टा मात्रै बत्ती, भोलि परीक्षण गरिने ।

   
हुम्लामा विद्युत सेवा अवरुद्ध भएको महिना दिनपछि पनि विद्युत संकट कायमै रहेको छ । जिल्ला सदरमुकाम सिमकोटको बजार क्षेत्रमा अहिले दिनमा करिब दुई घण्टा मात्रै विद्युत आपूर्ति भइरहेको छ भने पूर्णरूपमा सेवा सञ्चालनका लागि परीक्षणको तयारी भइरहेको छ । नेपाल विद्युत प्राधिकरणको हिल्दुम वितरण केन्द्र अन्तर्गतको पावर हाउसमा रहेको युनिट–९ को गभर्नर कन्ट्रोलमा समस्या आएपछि भदौ १६ गतेदेखि विद्युत सेवा प्रभावित