भिइ छहरा जैतुन खेती सहकारी सस्थाको अध्यक्षमा महतारा सर्वसम्मत चयन


हुम्लाको श्रीनगरमा सञ्चालित रेडियो श्रीनगर एफ एम सञ्चालित सस्था भिइ छहरा जैतुन खेती सहकारी सस्थाको बाह्रौ सधारण सभाबाट अध्यक्षमा नवराज महतारा सर्वसम्मत चयन भएका छन् ।

१० गतेबाट मंगलबारबाट सुरु भएको बन्द शत्रले सस्थाका निवर्तमान अध्यक्ष नवराज महताराको नेतृत्वमा सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

यसैगरी उपाध्यक्षमा वर्ष महतारा,सचिबमा बिजय महतारा र कोषध्यक्षमा बरुण महतारालाई निर्विरोध रुपमा सर्बसम्मत गरेको छ भने सहसचिबमा कल बहादुर महतारा,सदस्यहरुमा लालदरा महतारा र कँवलाई भियाललाई सर्बसम्मत चयन गरीएको छ ।

यसै गरी रिण परिचालन उपसमितिको संयोजकमा कोषाध्यक्ष बरुने महतारा सहित २ जना सदस्य पनि चयन गरेकोे छ भने लेखा समितिमा सचिब बिजय महताराको संयोजकत्वमा ३ सदस्यीय समिति चयन पनि चयन गरिएको नवगठित कार्यसमितिका अध्यक्ष नवराज महताराले बताउनु भयो ।

प्रकाशित मितिः     १२ पुष २०८०, बिहीबार २०:०९  |