नेपाललाई चीनले दियो ३० करोड नगद
काठमाडौं । चीन सरकारले नेपाललाई ३० करोड सहयोग गरेको छ ।
बाढी पीडितका लागि चीनले ३० करोड नगदै सरकारलाई हस्तान्तरण गरेको हो । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद पनि हस्तान्तरण गरेका छन









