ऐटन रावल, सिमकोट । नेकपा एमालेको निकट कर्मचारी संगठन नेपाल नीजमाति कर्माचारि संगठन जिल्ला कार्य समिति हुम्लाको १२ औ जिल्ला अधिवेसान बाट नब निर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
बिहिबार बसेको नेपाल नीजमाति कर्माचारि संगठन हुम्लाको पहिलो बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । संगठनको पहिलो बैठक अध्यक्ष महेन्द्र रोकायाको अध्यक्षतामा बसेको बैठकले संगठनको नीति र विधि लाई पालना गरि संगठनको कार्य बिधिलाई निर्णय गर्नुका साथै संगठनको कार्य सञ्चालन गर्ने निर्णय भएको संगठनका सह–सचिव मिमसिङ नेपालिले बताउनु भएको छ ।
बैठकले प्रत्यक महिनाको अन्तिम शुक्रबार नियमित रुपमा बैठक सञ्चाल गर्नुका साथै संघ प्रदेश र स्थानिय निकायमा कार्यरत संगठनका सदस्यहरुको नविकरणका साथै सदस्यता समेत बितरण गर्नका लागि संगठनका सबै पदाधिकारी एक रुपताका साथ लाग्ने निर्णय गरिएको छ ।
सोही जिल्ला कार्य समितिको बैठक अध्यक्ष रोकाया, सचिव धर्मराज बोहरा, केन्द्रिय सल्लाहकार कमिट सदस्य भक्त बहादुर शाही, नेपाल नीजामती कर्मचारी संगठन हुम्लाका कोषाध्यक्ष मन प्रसाद शर्मा, सह–सचिब मिमसिङ नेपाली, केन्द्रिय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज गिता लामा लगाएतको उपस्थितिमा सम्पान्न भएको सह–सचिव नेपालिले जानकारी दिनु भएको छ ।
उक्त कार्यक्रम सदरमुकाम सिमकोट माथिल्लो बजार स्थित मानसरोवर होटेलमा सम्पन्न भएको जानकारी दिनु भएको छ ।