प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई एकिकृत समाजवादी पार्टीले तीस बुँँदे माग सहित ज्ञापनपत्र बुझाएको छ ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत बुझाउने सर्कुलर अनुसार हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई ज्ञापनपत्र पेश पाटी जिल्ला उपाध्यक्ष तीर्थराज रोकायालबताउनु भयो ।
ज्ञापनपत्रमा जिल्लाका सवै सार्वजनिक निकायमा पारदर्शी सुचना प्रर्णाली लागु गर्नु पर्ने, नागरिकको सहभागिता सुनिश्चित गर्न खुला बजेट सुनुवाई र सामाजिक लेखापरिक्षण अनिवार्य गर्नु पर्ने, भ्रष्टाचार नियन्त्रण आयोगलाई पुर्ण स्वतन्त्र र श्रोत साधन सुनिश्चित गर्नुपर्ने, सरकारी सेवा प्रबाहमा डिजिटल माध्यामको प्रयोग गर्नुपर्ने, अनलाईन सेवाहरुको एकद्धरा प्रर्णाली बिकास गर्नुपर्ने, लगायतका विषयहरु समेटीएका छन् ।
यसैगरी ग्रामीण तथा टाढाटाढाका नागरिकहरुको सेवा प्रवाहलाई प्रथमिता दिनु पर्ने, सवै खाले भेदभाव, छुवाछुत, दमन तथा उत्पीडनको बिरुद्ध प्रभावकारी कानूनी तथा प्रशासनीक ब्यवस्था हुनु पर्ने, बिधुतको राष्ट्रिय प्रशारण लाई छिटो भन्दा छिटो हुम्लाका गाउँँमा पुर्याउन सम्वन्धित सरोकारवाला निकायलाई ताखेता र समन्वय गर्नुपर्ने, जिल्लाका मुल शहरहरु जस्तै सिमकोट, सर्केगार्ड, याङ्चु, श्रीनगर, पिप्लाङ, छप्रेला, याल्वाङ र हिल्सा लगायतका क्षेत्रहरुमा सार्वजनिक पार्किङको ब्यवस्था मिलाउनु पर्ने लगायत तिस बुँदे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
