ताँजाकोटले २४ गते पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्ने ।


हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले यही बैशाख २४ गते पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्ने भएको छ ।

यसअघि गाउँपालिकाका सवै वडाहरु घोषित भई सकेकाले अव सिंगो गाउँपालिका घोषणा गर्न लागेको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकालले बताउनु भयो ।

स्वास्थ्य संस्थाहरुले सुरुमा जन्मेदेखि १५ महिना र सोह्र देखि ५९ महिनाका बालबालिकाहरुलाई सबै खोप लगाउने कार्य पुरा गरि वडा स्तरमा अनुगमन गर्ने कार्य गरेर वडालाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषित गरीसकेको बताउँदै अब यही २४ गते सिंगो गाउँपालिकालाई पुर्ण खोप सुनिश्चतता घोषणा गर्न लागेको बताउनु भयो ।

यसअघि चंखेली र सिमकोट गाउँपालिकाले पनि पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरि सकेका छन् । यो कार्यक्रम हरेक वर्ष गर्नुपर्ने प्राबधान अनुसार सबै गाउँपालिकाले गरी रहेको जिल्ला खोप समन्वय समितिले जानकरी दिएको छ ।

प्रकाशित मितिः     २२ बैशाख २०८२, सोमबार १८:४५  |