अदानचुली गाउँकार्यपालिकाको बैठक बस्यो । के के निर्णयहरु भए (आवाज सहित)


लामो समय पश्चात आज अदानचुली गाउँकार्यपालिकाको बैठक बसेको छ ।

यस अघि प्रमुख प्रशासकिय अधिकृत नहुँदा बस्न नसकेको कार्यपालिकाको बैठक हिजो मात्र प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकामा पुगे पश्चात आज बैठक बसेको हो ।

गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा आज बसेको उक्त गाउँ कार्यापलिकाको बेठकले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्त्रगत ६ वटै वडाका योजनाहरु छनौट गरेर पठाएका योजनाहरुको अनुमोदन गरेको छ ।

यो सँगै बैशाख ४ गते आएको अविरल वर्षाले पुर्याएको क्षेतीको आधारमा गाउँपालिकाले राहत दिने र लामो समय सम्म करार कर्मचारीहरुले नपाएको तलबको हिसाब गरी एक हप्ताभित्र टुंग्याउने निर्णय भएको बताउँदै वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्याल…………..
कमलबहादुर छत्यालको आवाज

प्रकाशित मितिः     २ जेष्ठ २०८२, बिहीबार १९:५८  |