हुम्ला । किटजन्य रोग औलो र कालाजार सम्बन्धी ताँजाकोट गाउँपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको सभाहलमा स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वाथ्य स्वयम सेबिकालाई अभिमुखीकरण गरिएको हो ।
ताँजकोट गाउँपालिका स्वास्थय शाखाको आयोजनामा, बिस्व स्वास्थ्य संगटन (डब्लु.एच.ओ), स्वास्थ्य सेवा निर्देशनालय बिरेन्द्र नगर सुर्खेत र स्वास्थय सेवा कार्यालय हुम्लाको आर्थिक तथा प्राबिधिक सहयोगमा गरिएको सोही अभिमुखी करण सम्पनन भएको स्वास्थ्य शाखा संयोजक धनराज ढकालल बताउनु भएको छ ।
उहाँका अनुसार अभिमुखीकरण भने गाउँपालिका स्तरका जनप्रतिनिधि, स्वास्थयकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम सेबिका र सिजनल स्थानिय कामदारहरुलाई किटजन्य रोग औलो र कालाजार सम्बन्धीको अभिमुखिकरण गरिएको हो । पालिकामा औलो रकालाजार सम्बन्धीका बिरामी भेटिएपछि त्यस सम्बन्धी थप उपचारमा लाग्ने बताइएको छ ।