श्रीनगर स्वास्थ्य चौकीबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर ४ रिल्मकी सुत्केरी ३६ वर्षीया जर्म थापाकोे हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
थापाको यही जेठ २३ गते जन्मने सम्भावित मिति भएपनि करिब १ हप्ता अगाडि सुत्केरी ब्यथा लागेपछि श्रीनगर स्वास्थ्य चौकी मिति २०८२ साल जेठ १४ गते आएको र त्यहाँ चेकजाँच गर्दा बच्चा तेस्रो भएको र हात निस्किएपछि रिफर गरिएको स्वास्थ्य संयोजक विनोद बुढाले बताउनु भयो ।
सुत्केरी व्यथा लागेकी थापाको निरन्तर रगत बगि रहेको छ बिरामीको अवस्था निकै चिन्ताजनक भएपछि अदानचुली गाउँपालिका स्वास्थ्य शाँखा र स्वास्थ्य सेवा कार्यालय सिमकोटको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टर माग गरि उद्धार गरिएको जनस्वास्थ्य निरिक्षक हंस महतारा बताउनु भयो । रिल्मबाट श्रीनगर स्वास्थ्य चौकीमा स्टेचर मार्फत श्रीनगर ल्याइएको थियो ।
सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ । –––कालीबहादुर थापा
