सहिद परिवार समाज हुम्लाले बुझायो ज्ञापन पत्र (आवाज सहित)


सहिद परिवार समाज हुम्लाले जिल्लाका सबै स्थानीय तहमा आफ्ना माग राख्दै ज्ञापन पत्र बुझाएको छ । मानव जातिको मुक्ति र व्यवस्थाको परिर्वतनका लागि गरिएको १० वर्षको महान जनयुद्ध,जन आन्दोलन र प्रदेश स्थापनाका लागि बलिदान गर्नेे महान शहिदहरुका परिवारलाई राज्यले व्यवास्था गरेको भन्दै जिल्लाका सबै स्थानय तहहरुलाई ध्यान आकर्षण गराएको जिल्ला अध्यक्ष देबी बहादुर बैजीले बताउनु भयो । राज्यले शहिद परिवारका घरपरिवारलाई १० लाख राहत स्वरुप दिएता पनि अहिले सम्म शहिद परिवार र शहिदका सन्ततीहरलाई सम्मान तथा अवसरहरु नपाएको र शहिदहरु राष्ट्रका स्थीर पुजी हुन् भन्ने मान्यतालाई स्थापित गर्न स्थानीय सरकार हाम्रो अभिभावक भएकोले जन क्रान्तिका महान शहिद परिवार समाज हुम्लाले जिल्लाका सातवटै स्थानीय तहहरुमा आफ्ना मागहरु पेश पेश गर्दै ध्यानकर्षण गराएको बताउँदै भन्नु भयो…..

यस्तै कर्णालाी प्रदेशका ७९ वटै स्थानीय तहमा एकै साथ ज्ञापन पत्र बुझाउने क्रममा अदानचुली गाउँपालिकामा पनि उपाध्यक्ष कर्ण रोकायालाई बुझाएको सहिद परिवार समाज हुम्लाका उपाध्यक्ष जसी फडेराले खबर पठाउनु भएको छ ।

प्रकाशित मितिः     २७ जेष्ठ २०८२, सोमबार १०:०१  |