योजनाहरुको अनुगमनमा व्यस्त गाउँपालिकाका अध्यक्ष सिंह ।


अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह यतिबेला गाउँपालिकाक हरेक योजनाहरुको अनुगमनमा व्यस्त रहेका छन् । अषाढ २ गते देखी अषाढ ९ गते सम्म गाउँपालिकाका ६ वटै वडाहरुमा पुगेर भएको सबै योजनाहरुको अनुगमनमा पुग्ने बताउनु भयो ।

 

अषाढ १० गते सबै स्थानीय स्थानीय तहहरुले अनिवार्य बजेट ल्याउने प्राबधान अनुसार पनि हरेक गाउँमा पुगेर योजनाहरुको अनुगमन गर्दै नागरीकहरुका गुनासाहरु पनि गाउँमै गरेर सुन्ने र भाबी योजना निर्माण गर्नु पर्ने भएकाले पनि यतीबेला हरेक गाउँ गाउँमा पुगी योजनाहरुको अनुगमन सँगै गुनासा सुनुवाई गर्ने बताउनु भयो ।

 

गाउँपालिकाका अध्यक्ष सहित वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालको टोलीले ३ गते झाडमाडु मदना मन्दिर निर्माण योजनाको अनुगमन गर्न गएको वडा अध्यक्ष छत्तयालले बताउनु भयो । यसैगरी ४ गते काँखे आधारभुत विद्यालय भवन निर्माण योजना अनुगमन गरी काँखे गाउँ भेटघाट तथा छलफल परामर्ष गरेको बताउनु भयो । उक्त अनुगमनमा जनप्रतिनिधिहरु सहित निवर्तमान प्रमुख प्रशासकिय अधिकृत हंस महतारा, रोजगार संयोजक हिक्मत सिंह, इन्जिनिएर विपिन पौडेल लगायतको टोली संलग्न रहेको रोजगार शाँखा प्रमुख सिंहले बताउनु भयो । यसै गरी सोही दिन लौठि स्वास्थ्य चौकि भवन निर्माण योजना, लौठि स्वास्थ्य चौकिको प्रसुति कक्ष,मर्मत भएको शौचालय लगायत सम्पुर्ण क्षेत्रको अनुगमन गर्नु भएको छ ।
अदानचुली गाउँपालिकामा निर्माणधिन सल्लघारि नमुना माध्यामिक विद्यालय भवन निर्माण योजनाको अनुगमन गरी बिद्यायलय व्यबस्थापन समिति, शिक्षक र विद्यार्थीहरुसँग शैक्षिक गतिविधिहरुका बारेमा छलफल गरीएको बताउनु भयो ।

 

यसैगरी स्थानिय पुर्वाधार विकास कार्यालयबाट निर्माण हुँदै गरेको कर्गैईको सडक अनुगमन, हिमाचुलि आधारभुत विद्यालयको घेरवार लगाएत बिध्यालयको अनुगमन गरी भवानि भैरव स्वास्थ्य क्लिनिक भवन निर्माण कर्गैईको पनि अनुगमन गरीएको वडा अध्यक्ष छत्याले बताउनु भयो ।

 

आज पनि वडा नम्बर ५ को उदौनि डाँडा सम्मको सडक निर्माण कार्यभैरहेकाले सोको अनुगमन गरी उदौनि गैैरा पहिराकोे अवलोकन गर्नु भएको छ । वडा नम्बर ५ का योजनाहरु अनुगमन गरी सकेपश्चात वडा नं ६ मा निर्माण भैरहेको कैलासपुरि माध्यामिक विद्यालयको खेल मैदान र निर्माणधिन विद्यालय, स्वास्थ्य क्लिनिक भवन निर्माण योजना अनुगमन , प्रसुति भवन निर्माण योजना र सर्किदेउ आधारभुत विद्यालयको अनुगमन गरी त्यहाँका बस्तीहरुमा छलफल परामर्श गरीरहेको बताउनु भयो ।

यता अनुगमन समितिका संयोजक समेत रहेका गाउँपालिकाका उपाध्यक्ष पनि निरन्तर योजनाहरुको अनुगमन गरीरहेका छन् । कुनै पनि योजनाहरुको अनुगमन समितिको सिफारीस बिना भुक्तानी नहुँने भएकाले प्राबिधिक टोली सहित अनुगमन समिति सबै योजनाहरुमा अनुगमन गरी रहेको उपाध्यक्ष कर्ण रोकायाले बताउनु भयो ।

 

योजना सम्पन्न भएको भन्ने जानकारी आए लगत्तै उक्त योजनामा गई काम भए नभएको हेर्ने र नभएको भए पुन काम गर्न लगाइएको र काम सम्पन्न भएका योजनाहरुको सिफरीस गरीरहेको बताउनु भयो । वडा नम्बर २, ३ र ४ का अधिकांस योजनाहरुको अनुगमन गरी सकेको बताउनु भयो ।
––– कालीबहादुर थापा

प्रकाशित मितिः     ५ असार २०८२, बिहीबार १४:४४  |