नेपाल लोक कल्याण संघ नामक सस्था द्वारा स्कुल ड्रेस तथा फर्निचर सहयोग ।


सर्केगाड गाउपालिका वडा न १ मा रहेको देवल आधारभुत बिद्यालयलाई नेपाल लोक कल्याण संघ नामक संस्थाले विद्यार्थीहरुका लागि स्कुल ड्रेस तथा फर्निचर सहयोग गरेको छ ।

सर्केगाड गाउँपालिकाको समन्वयमा वडा नम्बर १ को तुम्चमा रहेको उक्त विद्यालयका १ सय ९७ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस र आवश्यक फर्निचरहरुको सहयोग गरेको तुम्बबाट रतन रावतले खबर पठाउनु भएको छ । उहाँका अनुसार नेपाल लोक कल्याण संघ नामक सस्थाका सामाजिक परिचालक दन्त कटुवालको अगुवाइमा उक्त बिद्यालयका १९७ जना बिद्यार्थी हरुलाइ स्कुल ड्रेस तथा ३० सेट फर्निचर सँगै ४ सेट राउन्ड टेबल बितरण गरेको बताउनु भएको छ ।

बिद्यालयका व्यबस्थापन समितिका अध्यक्ष राजकिष्ण शाहिको अध्यक्षतामा तथा उक्त वडाका सदस्य उब्जन मल्लको प्रमुख आथित्यमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्त्रण गरीएको छ । हस्तान्त्रण कार्यक्रममा गाउका स्थानिय नागरिकहरु, शिक्षक र बिद्यार्थीहरु उपस्थितीमा वितरण गरीएको बताउनु भएको छ ।

प्रकाशित मितिः     ११ श्रावण २०८२, शनिबार १९:४६  |