जिल्लामा एक मात्र परिक्षा केन्द्र निर्धारण भएको हुम्लामा एस इइ को पुरक परिक्षाको लागि विद्यार्थीहरु परिक्षा केन्द्र तिर जान थालेका छन् ।
गत वर्ष जिल्लाको तल्लो क्षेत्रमा रहेका ४ वटा स्थानीय तह अदानचुली, सर्केगाड, चंखेली र सर्कगाडका विद्यार्थीहरुलाई केन्द्रीत गरी सर्केगाडको हिमज्योती माध्यामिक विद्यालयमा परिक्षा केन्द्र निर्धारण गरीएको थियो भने माथिल्लो क्षेत्रका ३ वटा स्थानीय तह नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यार्थीहरुको लागि सिमकोट गाउँपालिकाको मानसरवर नमुना माध्यामिक विद्यालयमा परिक्षा केन्द्र निर्धारण गरीएकाले भएपनि यस वर्ष विद्यार्थी संख्या नपुग्दा सबै विद्यार्थी सिमकोट जान बाध्य भएका छन् ।
यही २९ गतेबाट सञ्चालन हुँने पुरक परिक्षाको लागि जिल्ला सदरमुकाम सिमकोट जान सवारीसाधन मार्फत १ दिन जान लाग्ने भएकाले हिजोबाटै विद्यार्थीहरु परिक्षा केन्द्रतर्फ गएका छन् ।
विगतका वर्षहरुमा पुरक परिक्षा दिन जिल्ला सदरमुका सिमकोटमा जानु पर्ने बाध्यतालाई मध्येनजर गरी जिल्ला शिक्षा समन्वयको बैठकले तल्लो क्षेत्रलाई केन्द्रीत गरी गतवर्षबाट सर्केगाड गाउँपालिकाको हिमज्यातीलाई पनि परिक्षा केन्द्र निर्धारण गरे पनि यस वर्ष विद्यार्थी संख्या नपुगेका कारण जिल्ला सदरमुकाम हुम्लाको मानसरवर नमुना माध्यामिक विद्यालयलाई मात्र परिक्षा केन्द्र बनाएर परिक्षा सञ्चालन गर्न थालीएको जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख योगेश आलेमगरले बताउनु भयो ।
विषयगतरुपमा प्रतिदिन न्युनतम १ सय ५० जना विद्यार्थी हुँनु पर्ने मापदण्ड अनुसार विद्यार्थी संख्या कम भएकाले यस वर्ष एक मात्र परिक्षा केन्द्र निर्धारण गरीएको बताउनु भयो । यस वर्षको परिक्षामा अंग्रेजीमा १ सय ९० जना, नेपालीमा ७५, गणितमा ३ सय ८, विज्ञानमा २ सय ३९, सामाजिकमा ४८, अर्थशास्त्रमा १ सय ३९, ऐक्षिक गणितमा १९, जनसंख्यामा १, लेखामा ४८, शिक्षामा १०, कम्प्युटरमा २, उद्योग तथा कृषिमा ४ र काठ उत्पादन भन्ने विषयमा ३ जना विद्यार्थीहरु अनुनित्र्ण भएका थिए सोही अनुसार विषयगत रुपमा फारम भरेका ४ सय ३४ जना विद्यार्थीहरु मात्र परिक्षामा सहभागी हुँन पाउने भएका छन् ।
एस इ इ परिक्षा २०८१ मा नियमित समुहबाट सहभागी भई ग्रेट प्राप्त गर्न नसकेका ४ स ५३ र अनुपस्थिती १४ जना गरी जम्मा ४ सय ६७ जना यस पटकको परिक्षामा सहभागी हुँने भएपनि आवेदन फारम ४ सय ३४ जनाले मात्र भरेका र ३३ जनाले फारम नभरेकाले परिक्षामा सहभागि हुँन नपाउने बताउनु भयो । यस पटकको पुरक परिक्षा जिल्लाभरका ४ सय ३४ जना विद्यार्थी मात्र सहभागी हुँन पाउने भएका छन् ।
