गाउँपालिकाको गुणस्तर परिक्षणमा खार्पुनाथ जिल्लाकै पहिलो ।


स्थानिय तह संस्थागत क्षमता स्व मुल्याङकन (LISA) मा खार्पुनाथ गाउँपालिका जिल्लाको प्रथम भएको छ । ७ वटा गाउँपालिका भएको हुम्लाको खार्पुनाथ गाउँपालिका ८३ अंक ल्याएर प्रथम भएको छ ।

जिल्ला समन्वय समितिको कार्यलयबाट गरेको अन्तिम मुल्याङ्नलाई पुनरावलोकन गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परिक्षणवाट उक्त गाउँपालिका प्रथम भएको हो ।

गाउँपालिकाले दिने सेवाप्रवाहलाई १० वटा ईडिकेटर अनुसार मुल्यांकन गर्दा प्रशासकिय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलब ५०, वित्तिय एवम् आर्थिक व्यबस्थापनमा १० दशमलब ५० अंक पाएको छ । यस्तै सेवा प्रवाहमा ११ दशमलब ५०, न्यायीक कार्यसंबादनमा ६, भौतिक पुर्वाधारमा ७ दशमलब ७५, सामाजीक समावेशीकरणमा ८ दमलब ५०, वातावरण संरक्षण तथा विपद व्यबस्थापनमा ७ दशमलब ७५ र सहकार्य र समन्वयमा ५ दशमलब ५० अंक गरी जम्मा ८३ अंक ल्याएर जिल्लाकै पहिलो भएको हो ।

जिल्ला सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले ८२ अंक पाउँदै दोस्रो स्थानमा छ भने उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका ८१ दशमलब ७५ अंक प्राप्त गरी तेस्रो भएको हो । ताँजाकोट गाउँपालिकाले ७७, अदानचुली गाउँपालिकाले ७५ दशमलब २५, सर्केगाडले ७३ दशमलब ५० र चंखेली गाउँपालिकाले ६२ दशमलब ७५ अंक प्राप्त गरेका छन् । –––कालीबहादुर थापा

प्रकाशित मितिः     ९ भाद्र २०८२, सोमबार १०:४८  |