देउसी भैलोको रकमबाट विद्यालयमा सरस्वतीको मन्दिर निर्माण ।


माघ ११ हुम्ला । मुगुको सोरु गाउँपालिका वडा नं ५ नेरमा अवस्थित महादेव माध्यमिक विद्यालयमा देउसीबाट उठाएको रकमबाट सरस्वतीको मन्दीर निमार्ण गरीएको छ ।

विद्यालयले गठन गरेको शिवमहादेव बालक्लबले गएको तिहारमा देउसी खेलेर उठाएको पैसाबाट उक्त विद्यालयमासरस्वतीको मन्दिर निर्माण गरेका छन् । २०८२ सालको देउसीको अवसरमा हुम्ला र मुगुका विभिन्न ठाउँमा गई देउसी खेलेर उठाएको करिब चालीस हजार रुपैयाँबाट समुदायमा केही सकारात्मक कार्य गर्नुपर्छ भन्ने सोचका साथ बालक्लबका सदस्य र केही पूर्व विद्यार्थीहरु सम्मिलित २४ जनाको देउसी समुहले विद्यालयका शिक्षक र अभिभावकहरुको सल्लाह अनुसार विद्यालयमा सरस्वती मन्दिर निर्माण गरीएको बाल क्लबका अध्यक्ष शुलीला बुढाले बताउनु भयो ।

विद्यालयमा सरस्वतीको मन्दीर बनाई विधालय प्रशासन र अभिभावकको सक्रियतामा हाल मन्दीर निर्माण भएको र यो वर्षको सरस्वती पुजा नवनिर्मित मन्दिरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागीतामा सम्पन्न भएको विधालयका प्रधानाध्यापक धनऋषि शर्माले बताउनु भयो ।

साथै देउसी भैलो देखी जनश्रमदान गरी मन्दीर निर्माणमा सहयोग गर्ने सम्पुर्ण सहयोगी प्रति धन्यवाद व्यक्त गर्दै उहाँले यस्ता कार्यबाट विद्यालयप्रति समुदायको सकारात्मक भावनाको विकास हुने र यस विधालयमा अध्ययन गरेका पूर्व विधार्थीहरुलाइ विधालयसँग जोड्न महत्त्वपूर्ण भुमिका खेल्ने प्रधानाध्यापक शर्माले बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     १२ माघ २०८२, आईतवार १९:११  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *