तमु ल्होसार(भिडियो सहित)


रेडियो श्रीनगर

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाए। तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदायकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
महिला शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचको व्यस्त थिए । ‘तमु’ गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ ।
तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । गुरुङहरूले यस वर्ष च्यु ल्हो (मुसा वर्ग) मनाउने भएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । भिडियाेे हेर्नकाे लागि यहाँ जानुहाेस् ।

 

 

प्रकाशित मितिः     १६ पुष २०७६, बुधबार ०१:२६  |