गुड नेभर्स इन्टरनेस्नल द्धारा कृषि सामाग्री बितरण


सर्केगाड गाउपालिका वडा नः ४ स्थित सर्केगाड बजारमा गुड नेभर्स इन्टरनेस्नल नेपालले वडा नम्बर का किसषानहरुलाईलाई कृषि सामाग्रीहरु हस्तान्त्रण गरीएको छ ।

गुड नेभर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको आयोजनामा सर्केगाड गाउपालिका वडा नः ४ स्थित दुल्ली, मुण्डी र साँया गाउका किसानहरुलाई प्राकृतिक खेती पद्वतीको लागि १४० जना कृषकहरुलाई खानेपानी पाइप, बाल्टी, स्प्रिङकल लगायत नङग्रे सामाग्रीहरु वितरण गरिएको सर्केगाडबाट हाम्रा स्थानीय संबाददाता रतन रावतले खबर पठाउनु भएको छ ।

संस्थाका कृषि प्राविधिक जंग बहादुर शाहि र वडा न ४ का वडाध्यक्ष धन बहादुर छत्यालको उपस्थितीमा औपचारीक कार्यक्रमको आयोजना गरी कृषि सामाग्रीहरु वितरण गरिएको उहाँले पठाएको प्राप्त खबरमा उल्लेख गरएिको छ ।

प्रकाशित मितिः     १२ श्रावण २०८२, आईतवार १९:०८  |