हुम्लामा थपिए ९ सय ७५ मतदाता ।


हिमाली जिल्ला हुम्लामा नयाँ ९ सय ७५ मतदाताहरु थपिएका छन । पछिल्लो समय मतदाता नामावली दर्ताको लागि खुलेको समय यता जिल्लाभर नौ सय पचहत्तर जना मतदाताहरु थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाले बताउनु भयो ।

उहाँका अनुसार असोज ९ गते अगाडी पनि मदतानाता नामावली संकलन गरिएको थियो भने जेन्जी आन्दोलन पश्चात बनेको सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरी जेन्जी युवालाई समेत मतदानमा सहभागि गराउनको लागि पुन एक महिनाको समयसिमा राखी मतदाता नामावली दर्ता गर्ने कार्य सुरु भएकोमा आज सम्म ९ सय ७५ मतदाता थपिएको बताउनु भयो ।

यसमा अधिकाँस युवाहरुले मतदाता नामावलीमा दर्ता गराएका छन् । २०७९ को निर्बाचनमा हुम्ला जिल्लाको मतदाता संख्या ३२ हजार ३ सय ३३ रहेको थियो । हाल थपिएको सहित जम्मा मतदाता संख्या ३३ हजार ३ सय ८ पुगेको छ । हाल नयाँ नाम दर्ता गराउनेमा एक जना ७४ वर्षको बृद्धा छन् भने अन्य सवै १८ देखि तीस वर्ष आसपासका युवाहरु रहेको बताउनु भयो ।

यसअघि नाम दर्ताका लागि यस किसिमको युवाहरुले चासो लिएको नपाइएको भएपनि अहिले भने चासो बढेको छ बिदाको दिन बाहेक दैनिक चार पाँच जना मतदाता कार्यालयमा आएर मतदाता नामावलीमा नाम दर्ता गराई रहेका छन् ।

कार्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गराउन पाउने ब्यवस्था निर्वाचन आयोग गरेको छ । यो अबधिमा केही मतदाता बढ्ने अपेक्क्षा कार्यालयले लिएको छ । त्यसमा अन्य जिल्लाबाट अनलाईन माध्यमबाट दर्ता गराएको बिबरण कार्यालयमा उपलब्ध हुनेछ र त्यसपछि मात्रै जिल्लाको मतदाता संख्या एकिन हुने बताउनु भयो ।

प्रकाशित मितिः     २६ कार्तिक २०८२, मंगलवार १८:३९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *