श्रीनगर बैशाग ७ गते । १२ वर्ष मुनिका बालबालिकाहरूको सहभागीतामा संञ्चालित फुटबल प्रतियोगिता कर्णाली किड्स कप २०८३ दोस्रो संस्करण उद्घाटन गरिएको छ । खेल स्थानिय, अभियान राष्ट्रय भन्ने नाराका साथ रेडियो श्रीनगर, माउण्ट एभरेष्ट इङलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता उद्धघाटन गरिएको हो ।
२० औँ लोकतन्त्र दिवसको अवसर पारेर आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका १२ वर्ष मुनिका बालबालिकाहरूको सहभागिता रहेको रेडियो श्रीनगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनभुयो । अध्यक्ष महताराले आधारभूत तहका बालबालिकाको लागि आयोजना गरिएको यो फुटबल प्रतियोगिता नेपालमै पहिलो पटक २०८१ मा सुरु गरिएको र यो बर्ष दोस्रो संस्करण भएको दाबी गर्नुभयो ।
‘गुणस्तरीय शिक्षा, खेलकुद लगायतका बहानामा कर्णालीका हिमाली जिल्लाबाट बालबालिकालाई विभिन्न सहरमा लैजानेक्रम बढ्न थालेका कारण चेतना प्रवाह गर्न दोस्रो पटक कर्णाली किड्स कप २०८३ को आयोजना हुम्लाबाटै गरेको बताउनु भएको छ । यसले बालबालिकालाई खेलकुदप्रति रुचि जगाउने बताउनु भएको छ ।
उद्धघाटन समारोहमा शुभकामना मन्तब्य दिदै नेपाल पत्रकार महासंघका अध्यक्ष्न राजन रावतले खेल आ आफ्नै क्षेत्रका लागि नभई नहुने चिज भएकाले देश देखी बिदेशसम्म सन्देश दिन सकोस भन्ने शुभ्यक्षा प्रकट गर्नु भयो ।
यस्तै सामाजिक बिकास कार्यालय हुम्लाका प्रमुख इस्वर बहादुर सिंहले अदानचुली गाउँपालिकामा रहेका बिद्यार्थीलाइ जितको अग्रिम शु्भकाना दिदै अदानचुली जस्तो दुर्गम स्थानिय तहमा कर्णाली किड्स कप संञ्चालन गर्नु हुने अध्यक्ष नवराज महतारालाई अध्यवाद दिदै यस्तो बताउनुभयो ।
कार्यक्रमको उद्धघाटन गर्दै अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले १२ बर्ष मुनिका बालबालिकालाइ शुभकामना दिदै सामाजिक बिकास कार्यालयलाइ बृहत खालको अदानचुली गाउँपालिकामा खेल मैदान निर्माणका लागि पहल गर्नु भएको छ । सधै अदानचुली गाउँपालिका खेलकुदमासहयोग गर्न तत्पर रहने बताउनुभयो ।
उद्धघाटन रेडियो श्रीनगरका संञ्चालक समिति अध्यक्ष नबराज महताराको अध्यक्षतामा, अदानचुली गाउँपालिकका अध्यक्ष मोहन बिक्रम सिंहको प्रमुख आतिथ्यमा, उपाध्यक्ष कर्ण रोकायाको बिशेष अतिथ्यमा, जिल्ला समन्वय समिति सदस्य दिपा भण्डारी, ५ नम्बर वडा अध्यक्ष तथा सामाजिक बिकास समिति संयोजक कमल बहादुर छत्याल, १ नम्बर वडा अध्यक्ष अक महतारा, ३ नम्बर वडा अध्यक्ष डिल बहादुर फडेरा, सामाजिक बिकास कार्यालय प्रमुख, इस्वर बहादुर सिंह, नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, अन्य जनप्रतिनिधि, राजनितिक दल, सुरक्षाकर्मी, संञ्चारकर्मी, बिद्यालयका प्रधानाध्यापक, बिब्यस अध्यक्ष बिद्यार्थी लगायतको उपस्थितमा भएको थियो । उद्धघाटन कार्यक्रमसँगै सुरु भएको जनकल्याण माध्यामिक बिद्यालय र छत्रपाल आधारभुत बिद्यालय बिचको पहिलो खेलमा जनकल्याण माबिलाइ १ का बिरुद्ध २ गोल गर्दै छत्रपाल आधारभुत बिद्यालयले आप,्नो बिजयी सुरुवात गरेको रेडियो श्रीनगरका स्टेशन म्यानेजर काली बहादुर थापाले जानकारी दिनु भएको छ ।
कर्णाली किड्स कपमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ३० हजार प्रदान गर्ने घोषणा आयोजकले गरेको छ । द्वितीय स्थान प्राप्त गर्नेले २० हजार र तृतीय स्थान हासिल गर्नेले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
