बैशाख १७ हुम्ला ः जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाडमा सञ्चालित मोतिबिन्दु शल्यक्रिया शिविरबाट ३६६ जना लाभान्वित भएका छन् ।
सर्केगाड गाउँपालिका हुम्लाको समन्वय, सेवा फाउन्डेसनको आर्थिक तथा तिलगंगा आँखा अस्पतालको प्राबिधिक सहयोगमा सायाँ स्वास्थ्य चौकी सर्केगाडमा सन्चालन भएको निस्शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा ३१४ सामान्य आँखा जाँच तथा औषधि वितरण गरिएको र ५२ जना मोतिबिन्दु ९ऋबतबचबअत० र २ जनाको आँखामा मासु पलायको ९एत्च् भहबअष्कष्यल० साधारण शल्यक्रिया गरि जम्मा ५४ जनाको शल्यक्रिया भएको तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. शुनील थापाले बताउनु भयो ।
शल्यक्रिया भएका सबै ५४ जनालाई फेरि जाँच गरि परामर्श दिएर घर पठाईएको बताउनु भयो । यस शिविरमा उमेरसमुह अनुसार ४९ बर्ष मुनिका ३ जना ५०–५९ बर्षका ४ जना, ६०–६९ बर्षका २४ जना ७०–७९ बर्षका १६ जना ८० बर्ष माथिका ७ जनामा महिला २९ जना पुरुष २५ जना गरि जम्मा ५४ जना शल्यक्रिया सेवाबाट लाभान्वित भएको सायाँ स्वास्थ्य चौकीका इन्चार्ज बबर जङ्ग पालले बताउनु भयो ।
उहाँका अनुसार सो शिविरमा तिलगंगा अस्पतालबाट डाक्टर थापा सहित ४ जना, सायाँ स्वास्थ्यचौकी र स्वास्थ्य शाखाका १५ जना गरि जम्मा १९ जनाको टोलि परिचालन गरिएको थियो । शिविरमा हुम्ला जिल्लाका सर्केगाड र चंखेलि गाउँपालिकाका वृद्ध वृद्धाहरुले पुर्णरुपमा सेवा पाएको बताउनु भयो ।
आँखा शिविर निरन्तर ४ बर्ष यता सञ्चालन भईरहेको र तिलगंगा आँखा प्रतिष्ठानले सहयोग गरिरहेकाले सर्केगाडमै आँखा उपचार र आवश्यक आँखा जाँच गरि चस्मा समेत सायाँ स्वास्थ्य चौकीमा बनाई सेवा दिई रहेको छ । शिविर घर आगनमा संचालन भएकोले सेवाग्राहीहरु खुशि भएका छन् ।
