हुम्लामा पनि डेङ्गुका बिरामी फेला


 हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पताल सिमकोटमा एक जना बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनु भयो ।

उहाँका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए र हाल अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ । परीक्षणका क्रममा डेङ्गु पुष्टि भएपछि केही दिन अझै अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो ।

जिल्ला बाहिर ननिस्केका सुनारमा हुम्लामै डेङ्गु देखिएको चिकित्सक तिवारीले उल्लेख गर्नुभयो । मौसममा आएको परिवर्तन र तापक्रम वृद्धि भएसँगै लामखुट्टे देखिन थालेकाले यस्तो सङ्क्रमण फैलिएको हुनसक्ने बताउनु भयो ।

प्रकाशित मितिः     १७ बैशाख २०८३, बिहीबार १६:३२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *