गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराउँदा इमिसमा डाटा इन्ट्री गर्न सहज हुँने भएको छ । गाउँपालिकाले २०८२ साल चैत्र १६ गते रु. ५४ लाख रकमको टेन्डर आवाहान गरी गाउँपालिका भित्रका विद्यालयहरुलाई इमिस चलाउन तथा दैनिक प्रशासनिक कार्य गर्नका लागि ४० थान कम्प्युटर तथा ल्यापटप खरिद गरेको प्रमुख प्रसासकिय अधिकृत भलाराम पंगालीले बताउनु भयो ।
उहाँका अनुसार शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई टेन्डर मार्फत करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा खरिद र ढुवानी गराई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी कम्प्युटर वितरण गरिएको बताउनु भयो ।
गाउँपालिका भित्रका २० वटा सामुदायिक विद्यालय मध्ये मावि र आधारभूत तह १–८ सम्मका विद्यालयलाई १ ल्यापटप र १ डेस्कटप आधारभूत तह १–५ लाई १ ल्यापटप वितरण उपलब्ध गराएको हो ।
गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान तथा डिजिटल सिकाई वातावरण निर्माण गर्ने लक्ष्यसहित कम्प्युटर हस्तान्तरण गरेको र शिक्षामा गरिएको लगानी भविष्यमा मानव संसाधन विकास र समग्र गाउँपालिकाको समृद्धिसँग जोडिएको बताउनुभयो । उहाँले विद्यालयमा कम्प्युटर मात्र वितरण गरेर नरोकिने, यसको प्रभावकारी उपयोगका लागि आवश्यक तालिम तथा व्यवस्थापनमा समेत गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो ।
सिमकोट गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक क्षमता विकास तथा डिजिटल शिक्षामा लगानी ,ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नका लागी ४० थान कम्पुटर वितरण गरेको पंगालीले बताउनु भयो ।
विद्यालयहरुले अब कम्प्युटर पाइसके पश्चात इमेस टाडा भर्न तथा दैनिक प्रशासनिक कार्य गर्न सहज हुँने भएको भन्दै गाउँपालिकाले विद्यालयलाई निकैनै राहत पुर्याएको कर्णाली माबी का शिक्षक दन्त सिहले खुसी व्यक्त गर्नु भयो ।
