खार्पुनाथ ल्यायो ४९ करोड ९५ लाख रुपियाँको वजेट, अन्य ६ स्थानीय तहले भोली ल्याउदै ।


हुम्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ ।
मंगलबार भएको १९ औं गाउँसभाबाट आगामी आर्थिक वर्षका लागि ४९ करोढ ९५ लाख ५७ हजार २८८ रुपियाँको निति तथा कार्यक्रम सहित बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंहले बताउनु भयो ।

आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरेपश्चात बसेको गाउँसभाले पूँजीगततर्फ २१ करोड ९८ लाख रुपियाँ तथा चालुतर्फ २७ करोड ९७ लाख ५७ हजार २ सय ८८ रुपियाँको बजेट ल्याएको बताउनु भएको छ । यस्तै पूर्वाधार विकासमा १७ करोड ६५ लाख, शिक्षामा १२ करोड २८ लाख र स्वास्थ्य क्षेत्रमा ४ करोड ५९ लाख रुपैयाँ विनियोजन गर्दै गाउँपालिकाले आत्मनिर्भर, समृद्ध र सेवा प्रवाहमा सक्षम खार्पुनाथ निर्माणको लक्ष्य अघि सारेको छ । नयाँ आएको बजेटले स्मार्ट गाउँपालिका, रैथाने बाली प्रर्बद्धन, माटोका छाना विहीन घर निर्माण जस्ता नयाँ कार्यक्रमहरु समेटेर ल्याएको बताउनु भयो ।

आगामि आर्थिक वर्षको बजेट ल्याउनु गघी गाउँपालिकाका अध्यक्ष कर्ण रावलले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा स्थानीय स्रोत, सम्भावना र जनसहभागिता मार्फत समृद्ध गाउँपालिका निर्माण गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले आगामी वर्षका लागि विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको बताउनु भयो ।

“खार्पुनाथ गाउँपालिकाको समृद्धिको आधार, कृषि, जडीबुटी, पर्यटन र पूर्वाधार” भन्ने मूल नारालाई केन्द्रमा कृषि उत्पादन वृद्धि, स्वरोजगार सिर्जना, आधारभूत सेवाको विस्तार तथा सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विकासका बहुआयामिक कार्यक्रम अघि सारेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रावलले खार्पुनाथको आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन, जलस्रोत र जडीबुटी क्षेत्रलाई विकासको मुख्य आधार बनाइने बताउनु भयो । “स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै आत्मनिर्भर र समृद्ध खार्पुनाथ निर्माण गर्ने हाम्रो साझा लक्ष्य भएको अध्यक्ष रावलले बताउनु भयो ।

अरु ६ स्थानीय तहले भोली बजेट ल्याउदै
भोली जिल्लाका ५ स्थानीय तहहरुले निति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । स्थानीय तहले असाढ १० गते सम्म वार्षिक निति, कार्यकम तथा बजेट अधिबेशन गरी सक्नु पर्ने वैधानिक व्यवस्था भएकालेपनि भोली १० गते सबै स्थानीय तहले बजेट ल्याउने तयारी गरीरहेको बताएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेका ताँजाकोट गाउँपालिकाले भोली बजेट अधिबेश गर्ने भएकाले त्यसको तयारी स्वरुप अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवा बन्द गरीएको प्रमुख प्रशाससकिय अधिकृत नर रावतले बताउनु भयो । उहाँका अनुसार भोली दिउसो ११ गाउँ कार्यपालिकाको सभाहलमा वार्षिक निति, कार्यकम तथा बजेट अधिबेशन गर्नको लागि सम्पुर्ण तयारी पुरा भएको बताउनु भयो ।

यता अदानचुली गाउँपालिकाले पनि भोली नै बजेट ल्याउने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ तथा कर्णाली प्रदेश सभाबाट जारी भएको गाउँ सभा र नगरसभा सञ्चालन ऐन २०७५ को दफा ३ बमोजीम भोली १७ औँ गाउँसभाको आवाहान गरीएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले बताउनु भयो । उहाँका अनुसार भोली हुँने गाउँसभामा २०८३।०८४ को निति तथा कार्यक्रम, बजेट वत्तव्य सहितको विनियोजन विद्येयक, आगामि आ.व को आर्थिक विद्येयक, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व विद्येयक २०८३ र महालेखापरिक्षक २०८१।०८२ को प्रतिवेदन पेश हुँने बताउनु बताए ।

यस्तै चंखेली गाउँपालिकाले पनि भोली १६ औँ अधिवेशनको आवहान गरेको छ । भोली हुँने उक्त गाउँसभाको अधिवेशनमा आर्थिक वर्ष २०८३।०८४ को निति तथा कार्यक्रम प्रस्तुत गर्ने, आय, व्यय सहितको अनुमानित बजेट प्रस्तुत गर्ने र आर्थिक ऐन प्रस्तुत गरीने गाउँपालिकाका प्रमुख प्रशासकिष् अधिकृत गणेश प्रशाद आचार्यले बताउनु भएको छ ।

जिल्लाको मध्ये क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकाले पनि भोली बिहान ९ बजे गाउँ सभाको आवाहान गरीएको प्रमुख प्रशासकिय अधिकृत दल बहादुर चन्दले बताउनु भएको छ । भने सिमकोट गाउँपालिकाले आज निति तथा कार्यक्रम ल्याई सकेको र भोली बजेट ल्याउने तयारी भएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनु भयो । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले पनि भोली नै ल्याउने तयारी गरेको ।

प्रकाशित मितिः     ९ असार २०८३, मंगलवार १९:२३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *