सर्केगाड गाउँपालिकामा कृषि उपज प्रवर्धन केन्द्र नामक परियोजना लागु गर्न त्रिपक्षिय सम्झौतामा हस्ताक्षर ।


भारत सरकारको सहयोगमा हुम्लाको सर्केगाड गाउँपालिकामा कृषि उपज प्रवर्धन केन्द्र परियोजना लागु हुँने भएको छ । उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (HICDPs) अन्तर्गत सर्केगाड गाउँपालिकाका लागि कृषि उपज प्रवर्धन केन्द्र (Construction of Agriculture Promotion Center) परियोजना स्वीकृत भएपश्चात आज मन्त्रालयमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनु भयो ।

उहाँका अनुसार आज ूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भारतीय राजदूतावासको तर्फबाट विकास साझेदार काउन्सोलर अविनाश कुमार सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सम्बन्धित मन्त्रालयको तर्फबाट उपसचिव होमनाथ काफ्ले र सर्केगाड गाउँपालिका अध्यक्ष ठान वहादुर रोकाया बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको बताउनु भयो ।

२०८१ साल असोज १० गते सर्केगाड गाउँपालिकाबाट प्रस्ताव पेश गरिएको उक्त परियोजनामा रु ८ करोड ११ लाख ४१ हजार ३ सय एकाउन्न रुपैयाको वजेट विनयोजन भएको सम्झौतामा हस्ताक्षर पश्चात गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाले बताउनु भयो ।

अथक प्रयासबाट लागु हुँने भएको यस परियोजनाबाट सर्केगाड गाउँपालिकामा उत्पादित स्थानीय तथा रैथाने बालीको उत्पादन, संकलन, प्रशोधन, यान्त्रीकरण, व्यवसायीकरण तथा बजारीकरणमा उल्लेखनीय टेवा पुग्ने विश्वास लिएको बताउनु भएको छ यसबाट स्थानीय कृषक तथा विशेषगरी विपन्न एवं गरिब परिवारको आयआर्जनमा वृद्धि भई जीवनस्तरमा सुधार आउने तथा कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरेको पनि बताउनु भएको छ ।

बिशेषगरी यस क्षेत्र कृषिमा नै निर्भर रहने भएकाले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र आत्मनिर्भरतातर्फ सर्केगाडको महत्वपूर्ण यात्रा—आजबाट अझ सशक्त रूपमा अघि बढेको बताउनु भएको छ ।

यस किसिमको महत्वपुर्ण परियोजना स्वीकृत गर्नमा सहययोग पुगाउने भारतका महामहिम राजदूत नवीन श्रीवास्तव तथा काउन्सोलर अभिनास कुमार सिंह ,सेकेन्ड सेक्रेटरी गरिमा नौट्यल , कुमार गौरव प्रति विशेष धन्यवाद सहित आभार प्रकट गर्नु भएको छ यसैगरी यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सर्केगाड गाउँपालिका परिवार तथा यस परियोजनासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिनुभएका सम्पूर्ण सरोकारवाला निकाय एवं व्यक्तित्वहरूलाई पनि धन्यबाद दिनु भएको छ ।

प्रकाशित मितिः     २६ श्रावण २०८३, मंगलवार १८:०९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *