हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले नाम्खा गाउँपालिका–३ लामाखोल्सी स्थित ग्याल्जन लामाको घरबाट बरामद गरेको अवैध चिनियाँ मदिरा ‘झिनिगिन्टी’ नष्ट गरेको हो ।
सीमा क्षेत्रमा अवैध रूपमा चिनियाँ मदिरा भित्र्याउने तथा लुकाइछिपाई बिक्री वितरण गर्ने कार्य नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेका छन् प्रहरीले बरामद भएको अवैध मदिरा कानुनी प्रक्रिया पूरा गरी नष्ट गर्ने जनाएको छ ।
आज बरामद मदिरा १ सय ३४ बोरा रहेको र प्रत्येक बोरामा ३/३ कार्टुनका दरले जम्मा ४ सय २ कार्टुन तथा प्रतिकार्टुन १२ बोतलका दरले कुल ४ हजार ८ सय २४ बोतल रहेको छ । अवैध मदिरा नष्ट गरेपछि त्यसको विवरण सहितको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपि खड्काले बताए ।
हिजोमात्र नाम्खा गाउँपालिका २ छुङ्सा चौरमा अबैद्ध मदिरा फेला परेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा गएको अनुगमन टोलीले करिब ३९ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर क्यान बियर बरामत गरी नष्ट गरेको छ ।
गत साउन २१ गते बरामद गरिएको ४०२ कार्टुनमा रहेका ४ हजार ८२४ बोतल चिनियाँ मदिरा मंगलबार जिल्ला प्रहरी कार्यालयको परिसरमा खाल्डो खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएस्पी संकर खड्काले बताउनु भयो
जिल्ला प्रहरी कार्यालयका अनुसार नावलथाङबाट बरामद गरिएको मदिरामध्ये ५९४ कार्टुनमा ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा ४ हजार ६५६ बोतल बोर्ड भाइजर रहेको छ ।
उक्त मदिराको कुल मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबर रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । कोष तथा लेखा नियन्त्रक कार्यालयको रोहबरमा मदिरा नष्ट गरिएको हो ।
