कर्णालीमा सरकार विस्तार अनिर्णीतकै विचमा मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (आज) विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रदेशको सभा बैठक आज दिउँसो ठिक ३ बजेका लागि बोलाइएको छ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरे पनि मन्त्रिमण्डल बिस्तारको काम अनिर्णयको बन्दी जस्तै बनेको छ।

साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले २३ दिन बितिसक्दा मन्त्रिमण्डलमा एक जना सदस्य पनि नियुक्त गर्न सकेका छैनन्।

विशेषगरि सत्ता साझेदार दुई दलबिच मन्त्रालयको संख्यामा ४/३ को हिसाब मिले पनि शक्तिशाली मन्त्रालय लिनेबारे कुरा नमिलेको भनिएको छ।

यद्यपि यो विषयमा पनि दुई दलबिच निर्णायक वार्ता हुने गरेको छैन।सरकार विस्तार नहुँदा सरकार नै चलायमान हुन सकेको छैन।

प्रकाशित मितिः     ३ भाद्र २०८३, बुधबार ०९:१६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *