कर्णालीमा एमालेका मन्त्रीले लिए पद तथा गोपनियताको सपथ ।


सुर्खेत। मन्त्रालयको भागबन्डा टुङ्गिएसँगै कर्णालीमा सत्तारुढ दल नेकपा एमालेले मन्त्री टुङ्गो लगाएको छ । आफ्नो भागमा परेका ३ वटा मन्त्रालयलाई पूर्णता दिन एमालेले बुधबार नै मन्त्रीको नाम फाइनल गरेको हो।

जसअनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकासमन्त्रीमा जितबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा कलबहादुर हमाललाई पठाएको छ ।

यी मन्त्रीको शपथ केहीबेरमा हुन लागेको स्रोतले बतायो । उता नेकपाले भने मन्त्री छनोट गर्न सकेको छैन । मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वाशको मत पाए लगत्तै एमालेबाट तिनै जना मन्त्रीहरुले प्रदेश प्रमुख समक्ष पद तथा गोनियताको सपथ लिएका छन् ।

प्रकाशित मितिः     ३ भाद्र २०८३, बुधबार १९:४६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *