एक महिना बित्दा पनि बनेन च्यामको फ्रोजी टावर ।।


हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा रहेको नेपाल टेलिकमको फ्रोजी टावर बिग्रिएको एक महिना पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् ।

टावरमा समस्या आएपछि नेपाल टेलिकमले सुर्खेतबाट इजिनिएर सहितको प्राविधिक टोली पठाए पनि आवश्यक सामग्री तथा उपकरण नपुगेका कारण तत्काल मर्मत गर्न नसकी टोली हुम्लाको उत्ततरी क्षेत्रहिल्सामा रहेको टावर मर्मत गर्न गएको नेपाल टेलीकमका सुचना अधिकारी रामबहादुर बोहोराले बताउनु भयो ।

उहाँका अनुसार सुर्खेतबाट आएको प्राविधिक टोलीले टावरको अवस्था हेरेर फर्किएको छ । आवश्यक सामान उपलब्ध नभएकाले मर्मतको काम पूरा हुन नसकेको र सामान गाडी मार्फत मगाईसकेकाले अबको केही दिनमा सञ्चालनमा ल्याउने तयारी भईरहेका उहाँले बताउनुभयो ।

बोहोराका अनुसार आवश्यक सामग्री व्यवस्थापन गरी केही दिनभित्रै पुनः प्राविधिक टोली च्याम पठाउने तयारी भइरहेको छ । टोली आज हिल्साबाट सिमकोट फर्किदैछ टोली आएपछि टावरमा देखिएको समस्या समाधान गरी सेवा सञ्चालनमा ल्याउने बताउनउनु भयो ।

यसअघि टेलिकमले लामो समयसम्म घाम नलाग्दा सोलारमा पर्याप्त पावर नउठेका कारण टावर सञ्चालनमा समस्या आएको बताएका थिए तर, अहिले एक महिना पुग्दासमेत सेवा सुचारु नहुँदा पावरको समस्या नभई सामाग्रीकै समस्या देखीएकाले तत्काल समस्या समाधान गर्न सोही वडाका वडा सदस्य समेत रहेका कार्यबाहक वडा अध्यक्ष सिंह बोहोराको भनाई छ । उनले पावरको समस्या भन्ने कुरा टेलीकमले झुट बोलेर केहि दिन टार्न खोजेको आरोप लगाउनु भयो ।

टावर बन्द हुँदा मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित भएकाले आपत्कालीन अवस्थामा सम्पर्क गर्न, बिरामी तथा अन्य समस्या पर्दा आफन्तसँग कुरा गर्न र आवश्यक सूचना आदानप्रदान गर्नसमेत कठिनाइ भइरहेको वडा नम्बर ५ का स्थानीय असोक रावलले बताउनुभयो । उनले भने केहि दिन अगाडि टेलीकमको गाडि नै ल्याएर टोली आएर फर्किएको तर टोवर सञ्चालनमा नआएको बताउनु भयो ।

स्थानीयले प्राविधिक टोली आएर समस्या पहिचान गरिसकेको अवस्थामा आवश्यक सामान तत्काल व्यवस्थापन गरी अब भने थप ढिलाइ नगरी फ्रोजी सेवा सञ्चालन गर्न नेपाल टेलिकमसँग आग्रह गरेका छन् ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     १ आश्विन २०८३, बिहीबार १६:५७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *