हुम्लाबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका जीवनबहादुर शाही फेरि सहमहामन्त्रीको दौडमा ।


नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् । उहाँले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । यही क्लस्टरबाट जीवनबहादुर शाहीसहित मुगुका मीन भाम, बाजुराका जनकराज गिरी, डोल्पाका कर्णबहादुर बुढा र कालीकोटका नारायण पशाद भटराइ सहित ७ जना प्रतिस्पर्धामा छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थायी घर भएका शाही नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् । उनी २०४६ सालदेखि २०६५ सालसम्म नेपाली कांग्रेस हुम्लाको जिल्ला सभापति बनेर पार्टी संगठनको नेतृत्व गरेका थिए । २०६५ सालदेखि उनी कांग्रेसको केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पनि उनी सदस्य रहँदै आएका छन् ।

शाहीको राजनीतिक यात्रा जिल्ला राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म फैलिएको छ । उनी २०५५ सालमा जिल्ला विकास समिति हुम्लाको सभापति बनेका थिए । २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका शाही २०७४ सालमा संघीय मन्त्री बने । त्यसपछि कर्णाली प्रदेशको राजनीतिमा सक्रिय हुँदै २०७४ र २०७९ सालमा प्रदेशसभा सदस्य निर्वाचित भए । २०७८ सालमा उनी कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

राजनीतिसँगै शाहीको शैक्षिक योग्यता एमए रहेको प्रदेशसभा सचिवालयको विवरणमा उल्लेख छ । उनि पाइलटको जागिर छोडेर राजनितिमा संलग्न भएका थिए हुम्लालाई प्रतिनिधित्व गर्दै प्रदेश र केन्द्र दुवै तहको राजनीतिमा लामो अनुभव हासिल गरेका उनी कर्णालीका प्रमुख कांग्रेस नेता मध्ये एकका रूपमा परिचित छन् ।

दोस्रोपटक सहमहामन्त्रीको प्रतिस्पर्धामा ।
जीवनबहादुर शाहीका लागि सहमहामन्त्री पदको प्रतिस्पर्धा भने नयाँ होइन । उहाँले कांग्रेसको १४औँ महाधिवेशनमा पनि पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए । त्यस निर्वाचनमा उनी बाजुराका बद्री पाण्डेसँग पराजित भएका थिए । अहिलेपनि उहाँलाई टक्कर दिन प्रतिनिधि सभा सदस्य समेत रहेका बाजुराकै जनक गिरी प्रमुख प्रतिस्प्रधिको रुपमा देखीएका छन् ।

यसपटकको उम्मेदवारीलाई उहाँले अघिल्लो महाधिवेशनको निरन्तरताका रूपमा व्याख्या गरेका छन् । उहाँका अनुसार पिछडिएको क्षेत्रका आवाज पार्टीभित्र प्रभावकारी रूपमा उठाउने, अवसरबाट वञ्चित समुदायका सवाललाई सम्बोधन गर्ने तथा कांग्रेस संगठनलाई थप समावेशी र गतिशील बनाउने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताउदै चुनाबी मैदानमा होमीएको बताउनु भयो ।

शाहीले आफू संघीय मन्त्री र कर्णालीको मुख्यमन्त्री भइसकेको भए पनि पार्टीको संगठनात्मक जिम्मेवारी र जनप्रतिनिधिको जिम्मेवारी फरक विषय भएको बताउँदै आएका छन् । उनको भनाइमा कर्णाली सहित पिछडिएका क्षेत्रका नीति, विकास र संगठनसम्बन्धी विषयलाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउन सहमहामन्त्रीको भूमिका महत्वपूर्ण हुँने बताएका छन् ।

हुम्लादेखि कर्णाली हुँदै केन्द्रसम्म
जीवनबहादुर शाहीको राजनीतिक पहिचान हुम्लासँग जोडिएको छ । जिल्ला सभापतिदेखि केन्द्रीय सदस्य, संविधानसभा सदस्य, संघीय मन्त्री, प्रदेशसभा सदस्य र कर्णालीको मुख्यमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका शाहीको राजनीतिक यात्रा चार दशकभन्दा लामो छ ।

कर्णाली प्रदेशको सत्ता उलटपुलटमा मायुर खेलाडीका रुपमा रहेको शाही यसपटक कांग्रेसको १५औँ महाधिवेशनमा उहाँले पुनः पिछडिएको क्षेत्रको सहमहामन्त्री पद रोजेका छन् । अहिले उनको प्रतिस्पर्धा मीन भाम, कर्णबहादुर बुढा, जनकराज गिरी, नारायण प्रशाद भटराई, राजन कुवर र रामबहादुर विष्ट सँग छ । महाधिवेशनबाट पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्ने एक जना सहमहामन्त्री निर्वाचित हुने छन् ।

हुम्लाबाट सुरु भएको उहाँको कांग्रेस राजनीति अब पार्टीको केन्द्रीय पदाधिकारी तहमा पुग्ने अर्को प्रयासमा छ । यसपटकको प्रतिस्पर्धाले शाहीको लामो राजनीतिक यात्रामा नयाँ जिम्मेवारी थपिन्छ वा अघिल्लो महाधिवेशनकै परिणाम दोहोरिन्छ भन्ने विषय भने महाधिवेशनको निर्वाचन परिणामले निर्धारण गर्नेछ ।

यस अघि उनि निवर्तमान पार्टी सभापति सेरबहादुर देउवाको विस्वास पात्रको रुपमा रहेका उपसभापति पुर्णबहादुर खड्काले गगन समुहलाई समर्थन गरेपछि उनले पनि समर्थन सहित जिल्लामा पुगेर सबै गाउँ कार्यसमितिका अधिवेशन सम्पन्न गरी अधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएका थिए । –––कालीबहादुर थापा

प्रकाशित मितिः     २१ आश्विन २०८३, बुधबार १७:१९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *