सर्केगाड गाउॅ पलिकाका पालिका पदाझिकारी र वडा अध्यक्षहकुका लागि एक दिने वाल संरक्षण कार्यशाला सम्पन्न भएको छ । गुड नेवर्श इन्टरनेशन नेपाल र किर्डाक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजनाको आयोजना गाउॅपालिकाको सभाकक्षमा सम्पन्न भएको किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले जानकारी दिनुभयो ।
गाउॅपालिकाका उपाध्यक्ष देवकी तिमिल्सीना, वडा नम्बर १ देखि ८ सम्मका वटा अध्यक्ष, पालिकाका शाखा प्रमुखहरुको उपस्थतिमा वाल अधिकार, वाल संरक्षण र त्यसको रिफरल संयन्त्रका बारेमा प्रशिक्षक नवराज महताराले सहजिकरण गर्नु भएको संयोजक बुढाले बताउनुभयो ।
कार्यशालामा प्रशिक्षक मताराले वाल अधिकार र वाल संरक्षणमा भएको नीतिगत व्यवस्था र पालिका स्तरमा गर्नुपर्ने नीतिगत तथा कार्यगत क्रमिक प्रावधानका बारेमा पालिकाका जनप्रतिनिधीलाई प्रष्ट पाक्नु भएको गुड नेवर्श इन्टरनेशनल नेपाल हुम्लाका कार्यक्रम अधिकृत निर्मला बोहराले जानकारी दिनुभयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष तिमिल्सीनाले पालिकाले भित्ता खोप्ने विकास भन्दा भोलीको समाज निर्माण गर्नका लागि वाल अधिकार संरक्षणका क्षेत्रमा पालिकाले गर्नुपर्ने कामका बारेमा कार्यशालाले निकै धेरै मार्ग निर्देश गरेको प्रतिक्रिया दिनुभयो ।
वालवालिकाको क्षेत्रमा नयॅा काम गर्नका लागि आफूहरु तत्पर रहेको उल्लेख गर्नु भएकी तिमिल्सीनाले तत्काल वाल कल्याण अधिकृतको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्दता व्यत्त गर्नुभयो ।
ईलाका प्रशासन कार्यालयका प्रमुख घमानसिंह रावत, वडा अध्यक्ष, पालिकाका शाखा प्रमुख, विद्यालयका शिक्षक र विद्यार्थी सहभागि कार्यक्रममा परियोजनाको आगामी पॅाच वर्षे आवश्यतता पहिचान समेत गरिएको किर्डाक नेपालका सर्केगाड प्रमुख सजकला ऐडीले बताउनु भयो ।
