सिमकोट । चंखेली गाउँपलिकामा समुदाय आवश्यकता पहिचान र वाल संरक्षा सम्बन्धी एक दिने अभिमूखिकरण कार्यशाला सम्पन्न भएको छ ।
पालिकाका उपाध्यक्ष प्रेमकला शाहीको अध्यक्ष्तामा गुड नेवर्श इन्टरनेशन नेपाल र किर्डाक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजनाको आयोजनामा उक्त कार्यक्रम पालिका केन्द्र पिप्लागंमा सम्पन्न भएको हो ।
पालिकाका पदाधिकारी, वडा अध्यक्ष, पािलकाका विभिन्न शाखाका प्रमुख विद्यालयका शिक्षक र अविभावकहरु सम्मीलित एक दिने वाल संरक्षण कार्यशाला र पहिरोजनाको आगामी पाँच वर्षे आवश्यकता पहिचान कार्यशाला सम्पन्न भएको किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढाले जानकारी दिए ।
पालिका उपाध्यक्ष शाहीसहित वडा नम्बर १, २, ३ र ६ नम्बर वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अकिकृत र विभिन्न शाखा प्रमुखहरुको उपस्थित रहेको कार्यशालमा वाल संरक्ष्ण र यसको रिफरल संयन्त्रका बारेमा रेडियो श्रीनगरका अध्यक्ष नवराज महतारा र सामुदायिक आवश्यकता पहिचानका बारेमा सामुदायिक विकास परियोजनाका कार्यक्रम अधिकृत निर्मला बोहराले सहजिकरण गर्नु भएको बताइएको छ ।
बुढाका अनुसार कार्यशालामा प्रशिक्षक मताराले वाल अधिकार र वाल संरक्षणमा भएको नीतिगत व्यवस्था र पालिका स्तरमा गर्नुपर्ने नीतिगत तथा कार्यक्रमिक प्रावधानका बारेमा पालिकाका जनप्रतिनिधीलाई प्रष्ट पारे ।
‘गाउँपालिकाले बाल संरक्षणका क्षेत्रमा गरेका काम, विद्यमान नेपालको संविधान र अन्य कानूनहरुले प्रत्याभूत गरेका बाल अधिकार, बाल संरक्षण र बाल सहभागिताका विषयमा सहजकर्ता महताराले पालिकाका जनप्रतिहरुलाई जानकारी गराउने काम गर्नुभयो’, जिल्ला संयोजक बुढाले थप्नुभयो’, ‘यसका अलावा वस्ती देखि वडा, वडादेखि पालिका र पालिका देखि माथिल्ला निकायहरुमा गरिने सिफारिस संयन्त्रका बारेमा समेत कानूनी र व्यवहारिक माध्यमका बारेमा समेत छलफल गराउने काम भएको छ ।’
सहभागी जनप्रतिधिहरुलाई पाँच समुहमा विभाजन गर्दै परियोजनाले आगामी पाँच वर्षका लागि गर्नुपर्ने कामका बारेमा आवश्यकता पहिचान समेत गरिएको छ ।
बल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका अध्यक्ष तथा पालिका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिइन् ।
पालिकाको शिक्षाको गुणस्तर कायम गर्न तथा पालिककामा भएका बालबालिकाको संरक्षण गर्नका आगामी पाँच वर्षका लागि परिणाम निकाल्ने खालको कार्यक्रम सञ्चालन गर्न र आफूहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न उपाध्यक्ष शाहीले आग्रह गरिन् ।
पालिकामा बालबालिकालाई विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न र कुपोषण लगायतका विभिन्न स्वास्थ्य सेवा प्रदान गर्न र शिविरहरु सञ्चालन गर्नतर्फ आगामी परियोजनाले विभिन्न गतिविधि समावेश गर्न चंखेली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शुरविर शाहीले बताए ।
कार्यक्रममा उपाध्यक्ष शाहीसतिह वडा अध्यक्ष गोविन्दबहादुर बोहरा, वृर्षबहादुर सिंह, भारमल ऐडी, जयबहादुर शिरा, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख शुरविर शाही, शिक्षा शाखा प्रमुख उद्धिम धिताल, कृषी वसन्त भट्ट, प्राविधिक तथा विपत् शाखा प्रमुख ताराबहादुर कार्की, पिप्लाङ्ग प्रहरी चौकी असइलगायतको उपस्थित रहेको आयोजक किर्डाक नेपाल हुम्लाले जनाएको छ ।
